रियालिटी शो नेपाल आइडल सिजन ३ को गत बिहिबारबाट फाइनल चरणमा प्रवेश गरेको छ । यस चरणमा प्रवेश गरेका मध्ये एक हुन किरण भुजेल । उनले नेपाल आइडलको टप ३ सम्म आइपुग्दा आफुले भोगेका कुरा सामाजिक सञ्जाल मार्फत पोखेका छन्
सांगितिक क्षेत्रमा १२ बर्षसम्म संघर्ष गर्दा बल्ल बल्ल यहाँसम्म आएको उनको भनाई छ । गीत संगीतबाट आफु अलग हुन चाहेर पनि नसकेको बताए । किरणले भने,–‘कैले काहीँ लाग्थ्यो संगीत छाडेर बिदेश तिर जाउँ फेरि आफुलाई समाल्थे,मेहनतको फल पाउछु भन्ने मनमा आसको ििकरण थियो । अनि फेरि नेपाल आइडल सिजन ३ मा आए, हजुरको माया पाए,उत्कृष्ट ७ बाट बाहिरिदा दुःख लाग्यो तर पनि हिम्मत हारेको थिइन ,फेरि हजुरको साथले नेपाल आइडलको मञ्चमा पुनः प्रबेश पाए । अत्याधिक भोट सहित फाइनलमा पुगेको छु ,अब हजुरहरुकै हातमा छ ।’
किरणको सांगितिक क्षेत्रमा संघर्ष यति मात्र छैन । उनले काठमाडौका निकै होटल तथा गजलबारमा गीत गाएका छन् । दरबारमार्गमा रहेका केहि गजलबारमा गीत गाएर गायिकीलाई अगाडी बढाइरहेका किरण दिनभरि अन्त काम गरेर साँझ ढल्किदै गएपछि गजलबारमा गीत गाउने एक कलाकार हुन् । उनले कुनै समयको कुराकानीमा भन्थेँ,‘दिनभरी कार्यक्रम तथा अन्त काम गरेर साँझमा गजलबारमा गीत गाउने गरेको छु । छोरा मान्छेलाई यसमा खासै पैसा हुदैन तर पनि गायन सिक्न र काठमाठौमा टिक्कका लागि संघर्ष गरिहरेको छु । ’
उनले आफुल कुन लेवलबाट आएको कुरा दर्शाएका छन् । नेपाल आइडलको सिजन ३को टप ७ बाट बाहिरिएका किरणले खाली हात रुममा बस्नु परेको थिएन । उनले दैनिक तीन वटा गीत रेकर्डिङ गरेको थिए । उनलाई गीत गाउनका लागि अफर आइरहेका छन् । उनले आफ्नो वास्तविकता खोल्दै भने, ‘परिस्थिति एकै रहेन १२ बर्षमा खोला फर्कन्छ भन्थे साचै हो जस्तै लाग्दैछ ।’
उनले राजधानी आएको १२ बर्षमा थुप्रै गीत बजारमा ल्याइसकेका छन् । तर उनका कुनै गीतले पनि दर्शकको मन जित्न सफल भएको थिएन ।
उनले ललितकला क्याम्पसमा संगीत पढ्नका लागि नै भर्ना भए भने शिब राज पौडेलसँग संगीत सिके । उनले यतिमात्र आफुलाई सिमित राखेनन् , खोजी प्रतिभा र नेपाल आइडलको पहिलो सिजनमा पनि भाग लिए । त्यस्तै उनी सारेगमपामा नेपालबाट सेलेक्ट भएर इन्डिया सम्म पुगेका थिए । तर उनी कतै सफल भएनन् ।
SOrce : – Mero Film