लामो समय देखि नेपाली सांगीतिक छेत्रमा सक्रिय गायिका डा.रानी शाक्यले नयाँ गीत ‘त्यो मनमा’को म्युजिक भिडियो सार्वजनिक गरेकी छिन। सुरज सिंहको शब्द र संगीत रहेको गीतको संगीत संयोजन भिषण मानन्धरले गरेका हुन। गीतको भिडियोमा निक सिंह र सिम्रन खड्काले अभिनय रहेको छ नितिन चन्दको निर्देशन रहेको भिडियोमा रुपेश थापा छाँयाकन र सम्पादन रहेको छ । रानी शाक्यको अफिसिएल यूट्युबबाट सार्वजनिक गीतको मेल भोकलमा सुरज सिंह साथ दिएका छन ।
भर्खरै माया,प्रेममा पर्न लागेका युवापुस्ताको कथा समेटेर तयार गरिएको गीतको भिडियोलाई यूट्युबमा अपलोड भएको केही दिनमै गीतको भिडियोले राम्रो प्रतिक्रिया आइरहेको छ । कोरोन कहरबीच धेरै गीतहरु ल्याई रहनु भएकी गायिका शाक्यको अब छिट्टै गायक प्रतापदास संगको युगल गीतको भिडियो रिलिज हुदै छ ।

 

तपाईको प्रतिक्रिया