काठमाडौं– स्वास्थ रहनका लागि शरीरमा हेमोग्लोबिनको स्तर ठीक हुनु अति आवश्यक छ ।

हेमोग्लोबिनको कमी हुँदा हामीले विभिन्न स्वास्थ्य समस्याहरुको सामना गर्नु पर्छ ।

विशेषगरी पुरुषको तुलनामा महिलाहरुमा हेमोग्लोबिनको कमी धेरै हुन्छ ।

शरीरमा आइरन र भिटामिन बीको कमी भयो भने हेमोग्लोबिनको स्तर कम हुन थाल्छ ।

हेमोग्लोबिनको कमी हुँदा कुन–कुन विरामीको खतरा हुन्छ ? केही जानकारी :

हेमोग्लोबिनको कमीका कारण हुने रोगहरु

एनिमिया

शरीरमा हेमोग्लोबिनको कमी हुँदा एनिमियाको समस्या हुन सक्छ । विशेष गरेर पुरुषको तुलनामा महिलामा एनिमियाको समस्या धेरै हुन्छ । एनिमिया रगतको कमी हुँदा हुने रोग हो । हेमोग्लोबिनको स्तर कम हुँदा शरीरमा रगत पनि कम हुन थाल्छ ।

गर्भवती महिलाहरुका लागि हेमोग्लोबिन कम हुनु खतरनाक

गर्भवती महिलाहरुमा हेमोग्लोबिनको कमी हुँदा विभिन्न किसिमका समस्याहरुको सामना गर्नु पर्ने हुन्छ । गर्भवास्थाको क्रममा हेमोग्लोबिनको कमी हुनु खतरनाक हुन्छ । हेमोग्लोबिन कमी हुँदा बालबालिकाको स्वास्थ्यमा पनि विपरित प्रभाव पर्न थाल्छ ।

ब्लग प्रेसर नियन्त्रणमा नहुनु

हेमोग्लोबिनको कमी हुँदा ब्लड प्रेसर नियन्त्रणमा रहँदैन । शरीरमा हेमोग्लोबिनको मात्रा कम हुँदा रक्त सञ्चालन पनि सही तरिकाबाट हुन पाउँदैन । जसका कराण ब्लड प्रेसरको समस्या हुन सक्छ ।

डिप्रेसन

हेमोग्लोबिनको कमी हुँदा व्यक्ति डिप्रेसनको शिकार पनि हुन सक्छ । शरीरमा हेमोग्लोबिनको कमी हुँदा नर्भस सिस्टम कमजोर हुन सक्छ । शरीरमा हेमोग्लोबिन कमीलाई वेवास्ता गर्नु स्वास्थ्यका लागि हानिकारक हुन सक्छ ।

शरीर दुख्ने र सुजन हुने समस्या

हेमोग्लोबिनको कमीका कारण शरीरमा विपरित प्रभाव पर्न थाल्छ । हेमोग्लोबिनको कमी हुँदा शरीरमा सुजन र दुख्ने समस्या हुन सक्छ ।
शरीरमा हेमोग्लोबिनको स्तर बढाउने उपाय

पर्याप्त आइरन प्राप्त हुने आहार सेवन

शरीरमा हेमोग्लोबिनको स्तर बढाउनका लागि आहारमा आइरन प्राप्त हुने भोजन पर्याप्त मात्रामा समावेश गर्नु पर्छ । आइरनयुक्त कुराको सेवन गर्नाले शरीरमा हेमोग्लोबिनको स्तर बढाउन सकिन्छ ।

हेमोग्लोबिन पाइने आहारहरु

फलफुल
तरकारी
चुकन्दर
पेस्ता
कागती
पालुंगोको साग
किसमिस
अन्जीर
अम्बा
केरा
अंकुरित आहार
बदाम
काजू
ओखर
तुलसी आदि ।

तपाईको प्रतिक्रिया