आर. पोखरेल, काठमाडौं, कात्तिक १ — नेपाली संगीत क्षेत्रमा फेरि एक प्रेमिल गीत थपिएको छ। “उखुम भयो नी” शीर्षकको यो नयाँ गीतमा गायक आशिष अविरल र गायिका अस्मिता अधिकारीको मन छुने स्वर सुन्न सकिन्छ। गीतका शब्द लोकप्रिय गीतकार सुन्दर हमालले लेखेका हुन् भने संगीत संयोजन पूर्ण सम्योगले गरेका छन्। संगीतकार राजन कार्कीको संगीतमा तयार भएको यो गीतको अडियो रेकर्डिङ संयुक्त राज्य अमेरिकास्थित रागा र आरएल स्टुडियो, बाल्टिमोर र नेपालस्थित मुर्चुङ्गा डिजिटल स्टुडियोमा गरिएको हो।

गीतको निर्देशन र कोरियोग्राफी सुनिल क्षेत्रीले गरेका छन्, जो भिडियोमा अभिनेत्री आँचल शर्मासँग मुख्य भूमिकामा देखिएका छन्। भिडियोको छायांकन करण चैसिरले गरेका हुन् भने सम्पादन तथा रंग संयोजन अमृत चापागाईले गरेका छन्।

प्रेम, भावनात्मक आकर्षण र आधुनिक दृश्य–शैलीको संयोजन गरिएको यो गीत विशेषगरी युवापुस्तालाई लक्षित गरिएको छ। आकर्षक लोकेशन, प्रभावशाली अभिनय र प्राविधिक गुणस्तरका कारण “उखुम भयो नी” दर्शक तथा श्रोतामाझ लोकप्रिय हुने अपेक्षा गरिएको छ।

गीतको पूरा भिडियो हेर्नुहोस्:

तपाईको प्रतिक्रिया