अमेरिकाको पिट्सबर्ग, पेन्सीलभानिया रहेर व्यस्त जिवनयापनको बीच पनि निरन्तर नेपाली गीत रचनामा सक्रिय गीतकार तिलचन आचार्य र उहाको धर्मपत्नी पबित्रा आचार्यको युगल स्वरमा आउने नयाँ गीत ‘फुलको बर्णन’ को रेकर्ड सकिएको छ । बालकृष्ण न्यौपानेको शब्द ,संगीत र बिष्णु अधिकारीको संगीत संयोजन गरेको गीतको रेकर्डिस्ट मोनिश चामलिंग हुनुहुन्छ । ‘फुलको बर्णन’ गीतलाई पेन्सीलभानियाको स्टुडियोमा नै रेकर्ड गरिएको हो । धेरै गीतहरु लेखिसक्नु भएको तिलचन आचार्यको गीतलाई स्रोता ,दर्शकले धेरै मन पराएका छन । ‘फुलको बर्णन’ गीतको आचार्यको नै लगानीमा भिडियोको छिट्टै निर्माण गरिने समेत जानकारी दिनु भयो । आचार्य त्यतिकै समाज सेवामा सक्रिय हुनुहुन्छ उहा पिट्सबर्गमा रहेको अटोनोमी होमकेयरको एजेन्सी डिरेक्टर हुनुहुन्छ । एउटा कुशल ब्यबथापकको रुपमामा चिनिने आचार्य हाम्रो क्रियटिभ क्रियसन च्यानलको सन्चालक समेत हुनुहुन्छ ।

 

तपाईको प्रतिक्रिया