पुर्बी तराइमा एक समय अध्याधिक गति लिएको थारु संगीत क्षेत्र केहि बर्ष यता सुस्ताएको थियो । पश्चिम क्षेत्रका थारु म्युजिक भिडियो तिव्र गतिमा अगाडि बढिरहदा फेरी पूर्वी क्षेत्रमा थारु संगीतकर्मीहरु गति लिन तयारि गरिरहेका छन् । यसै बीच बर्जु मिडियाको प्रस्तुतिमा” चिमरैतनी चिम रैतानी ” थारु म्युजिक भिडियो आज रिलिज भएको छ । म्युजिक भिडियोमा चर्चित गायिका अनुमा चौधरी र गायक राजकुमार चौधरीले स्वर दिनु भएको छ । अजयदीप चौधरीको शब्द रहेको म्युजिक भिडियोमा संगीत पनि गायक राजकुमार चौधरीकै रहेको छ । म्युजिक भिडियोमा अभिनय राजकुमार चौधरी र यशोधा भगतको रहेको छ ।

तपाईको प्रतिक्रिया