काठमाडौं– नेपालमा कोरोना भाइरसका संक्रमितहरुको संख्या पहिलो पटक आज एकै दिन दुई हजार नाघेको छ ।

काठमाडौं उपत्यकामा मात्रै ८ सय भन्दा बढीलाई संक्रमण पुष्टि भएको छ ।

यद्यपि, शहर–बजारमा देखिएको चहलपहल देख लाग्छ कोरोना भाइरसको संक्रमण समाचारमा मात्र सिमित छ ।

सरकारले असोज १ गतेदेखि लामो दुरीका सवारीसाधन तथा आन्तरिक उडान नै सुचारु गरेपछि कोरोनालाई जीवनशैली बनाउनुको विकल्प समेत छेन ।

सरकारले प्राय: सबै प्रकारका उद्योग, धन्दा, व्यवसाय खोले पनि मनोरञ्जन क्षेत्रका बारेमा भने सरकार मौन छ ।

खासगरी चलचित्र क्षेत्रका बारेमा त केही पनि बोलेको छैन ।

यही प्रसंगमा केन्द्रित रहँदै कलाकर्मी डटकम आफ्नो नियमित स्तम्भ ‘प्रश्न एक उत्तर अनेक‘ मा केही चलचित्रकर्मीहरुलाई ‘चलचित्र क्षेत्रलाई खुलाउने बारेमा सरकार मौन बस्ने कारण के होला ? भन्ने जिज्ञासा राखेका छ । उहाँहरुको जवाफ जवाफ जस्ताको तस्तै :

दीपेन्द्र के खनाल, निर्देशक

पर्यटन सम्बन्धित सबै कुराहरु खुल्दा चलचित्र क्षेत्र पनि खुल्नु पर्ने हो, तर सदा झैँ चलचित्र क्षेत्र सरकारको प्राथमिकताको विषय बन्न सकेन ।

आकाश अधिकारी, अध्यक्ष, चलचित्र निर्माता संघ

अति प्रभावित उद्योग हो, अति आवश्यक होइन भन्ने ठानेर होला, तर लामो समय लकाडाउन पछिका दिनहरुमा चलचित्र, मनोरन्जनबाट जनता तनावबाट मुक्त हुन सक्दछन् ।

मनोरन्जन पनि मानव जीवनको अति आवश्यक साधन, वस्तुमध्यको एक हो ।

सार्वजनिक यातायात नै खुलि सकेपछि त्योभन्दा जोखिम पूर्ण चलचित्र भवन पक्कै होइन ।

त्यसमाथि हामी पनि नेपाल सरकार तथा विश्व स्वास्थ्य संगठनको स्वास्थ्य सम्बन्धि मापडण्ड, निर्देशन पूरा गरी यस उद्यागलाई चलयमान बनाउन तयार छौं ।

यो उद्योग अन्य उद्योगको जस्तो नेचरको होइन ।

हलहरु खुलेता पनि,चलचित्र प्रदर्शन भएता पनि कोभिड-१९ को त्रासले दर्शक हलसम्म नआएमा करोडौं लगानी गरेर निर्माण गरिएका चलचित्र एकै दिनमा हलबाट बाहिरिन सक्छ ।

अनि फेरी प्रदर्शन गर्छु भन्ने कुनै सम्भावना रहँदैन र त्यस्तो पूर्ण लगानी उठाउन सकिने त्यस्तो कुनै डिजिटल माध्मम स्थापना भैसकेको छैन ।

त्यसैले, नेपाल सरकार सम्वन्धित निकायलाई संघले तत्काल नौं बुँदे समस्या र समाधानका उपायहरु बुझाय मुताविक सरल र हाम्रो माग पुरा गर्दिएको खण्डमा हामी यथासिघ्र चलचित्र प्रदर्शन गर्नेछौं ।

सन्दीप सापकोटा, सञ्चारकर्मी

कोभिड– १९ नियन्त्रण गर्ने सवालमा ६ महिनाको समिक्षा गर्ने हो भने सरकारको दृष्टिकोण र गन्तव्य अनिश्चित देखियो ।

नागरिकको दैनिकी कष्टकर हुँदासम्म पनि सरकार लाचार र मुखदर्शक बनेको सबैले अनुभव गरे ।

रोग, भोक र शोकले थलिदाँसम्म देशमा जनताको सरकार छ भन्ने अनुभुती गर्न नसकेको अवस्थामा नागरिकको मानसिक स्वास्थका लागि मनोरञ्जन पनि आवश्यकक छ भनि सोच्ने र त्यस दिशातर्फ उचित पातापरण बनाउने सवालमा राज्य र सरोकारवाला दुबै उदासनि रहँदा यो क्षेत्र चलायमान हुन नसकेको हो ।

प्रदीप कुमार उदय, चलचित्रकर्मी

हामीले सरकारसंग हाम्रो कुरा पुर्याउन सकेनौं वा सरकारले बुझ्ने भाषामा हामीले बुझाउन सकेनौं ।

मेरो भनाईको मतलव जुन–जुन व्यवसायले सरकारलाई अल्टिमेटम दिए अथवा निषेधाज्ञाको अवज्ञा गर्ने भनेर ज्ञापन दिए, ती खुल्ला गरिए ।

शायद त्यो हामीले गर्न सकेनौं, जबकि खुलेका व्यवसायभन्दा हामीले सुरक्षित स्वास्थ्य उपाय अपनाएर चलाउन सक्छौ ।

वर्षा राउत, अभिनेत्री

अहिले सबै कुरा खुला भैसकेको छैन । स्कुल, कलेज, ट्रेनिङ सेन्टर पनि खुलेको छैन ।

त्यसकारण भिडभाड हुने चलचित्र उद्योग पनि खोल्ने बेला भएको छैन ।

फेरी अहिले हल खोलिहाले पनि चलचित्र हेर्ने को जान्छ ?

चलचित्र कसले चलाउँछ यस्तो समयमा ?

हलले हलको न्यूनतम भाडा तोकेर मात्रै चलचित्र चलाउन दिन्छ ।

यस्तो अबस्थामा चलचित्र चलाउने बेला भएको छैन ।

म लामो समयदेखि चलचित्र क्षेत्रमा काम गरिरहेको छु ।

त्यसो भन्दैमा वातावरण नै नबनी चलचित्र चलाउनु पर्छ भन्नु मुर्खता हुन्छ ।

सरकारले पनि केहि राम्रो सोचेर होला जस्तो लाग्छ ।

दीपेन्द्र लामा, चलचित्र निर्देशक

फिल्म हल खुलेपछि चलचित्र क्षेत्र जुर्मुराउने हो ।

फिल्म हल विदेशमा समेत खुलेका छैनन् ।

हलिउडका ठूल्ठूला फिल्महरु पनि अनलाइन प्लेटफर्ममा रिलिज भएका छन् ।

त्यसैले नेपालमा मात्रै हल खोल्न सकिन्न ।

सरकारले कोभिडपछि नेपाली फिल्मको तीब्र प्रवर्द्धन कसरी गर्ने हो, त्यो योजनामा काम गर्नुपर्छ ।

दिनेश खड्का, अभिनेता/निर्माता

कोरनाले संसार नै महामारीको चपेटा परेर नेपालमा पनि करिव छ महिना घरभित्रै बस्नु परेको सबैलाई अवगत नै छ ।

यसको प्रभाव सबै क्षेत्रमा उत्तिकै ।

भोकमरीको नजिकै पुगिरहँदा अहिले सरकारले सबै प्रकारका व्यवसायहरु खुलिसक्दा नेपाली चलचित्रको बारेमा भने सरकार मौन छ ।

सरकारले चलचित्र क्षेत्रलाई उद्योगको रुपमा नहेरेसम्म र चलचित्रकर्मी र संघ संस्थाहरु अगाडि नबढेसम्म केही हुँदैन,जति पनि संघ-संस्था छ्न्, निर्माता संघ, कलाकार संघ, सबैले सरकारलाई चाँडोभन्दा चाँडो झकझकाउन जरुरी छ ।

करिव ५० भन्दा बढी चलचित्रहरु सबै काम सकेर रिलिजको तयारीमा थिए, ती सबै स्थिति के होला ?

करोडौंको घाटा व्यहोर्ने बाध्य छौं ।

हाम्रो ब्यानरमा तयार भएको चलचित्र ‘इन्काउन्टर’ पनि लकडाउन पीडित चलचित्रहअरु मध्येको एक हो, जुन गत चैत ११ गते नै प्रदर्शन हुनु पर्ने थियो ।

लगभग ७० लाख रुपैयाँ खर्च भैसकेको चलचित्रको हालत के होला ? हामी जस्ता यहाँ करोडौं लगानी गरेर अब कहिले सरकारले खुल्न देला र स्वास्थ्य मापदण्ड अपनाइ रिलिज गरौंला भनेर कुरिरहेका छौं । त्यसैले अब यो कोभिड नाम दिएको आतंकित भाइरसबाट सबैजना बच्दै, आफ्नो ख्याल आफैंले राख्दै आ–आफ्नो काम गरौं, सरकार पनि सबै क्षेत्रलाई व्यवस्थ्ति तरिकाले काममा फर्काउ भन्न चाहन्छु ।

श्रीदेव भट्टराई, अभिनेता

नेपाली चलचित्र क्षेत्रलाई सरकारले न पहिल न अहिले कहिले पनि उद्योगको रुपमा हेरेन, सदा एक मनोरञ्जनका रुपमा मात्र हेरिरह्यो । नेपाली कला–संस्कृतीलाई आफ्नोपन कहिले मानेन । अहिले पनि सरकारले सबै क्षेत्र खोल्दा चलचित्र क्षेत्रलाई र यसमा आवद्ध हजारौंको रोजिरोटिको वास्ता गरेन । सदा राजनीतिमात्र भन्दै हिंड्ने सरकारले चलचित्र के हो, यो संसारमा कति प्रभावकारी छ बुझ्दै बुझेन । सदा–सर्वदा हामी चलचित्रकर्मी आफ्नै देशमा पराइ भैरह्यौं । सबै क्षेत्र खुल्दा संयमता अपनाएर हाम्रो क्षेत्र खुलाउँदा केही फरक नपर्ने हो । हामीमाथि घोर अन्याय भयो । हाम्रो क्षेत्र भित्र पनि राजनीतिक दलका चाप्लुसी भएका कारण सरकारको बारेमा खुलेर बोल्न चाहँदैनन्, ताकि पदबाट जान्छु कि मेरो आयआर्जन खुस्किन्छ कि भनी ।

समन अधिकारी, टेलिभिजनकर्मी

नेपाली चलचित्र मास क्षेत्र हो, त्यसैले सरकारले रिक्स लिन नचाहेर होला ।

अर्को कुरा चलचित्र क्षेत्रसंग धेरै सम्पर्क हुन्छ ।

यस क्षेत्रमा सेलिब्रेटी हुन्छन् ।

उनीहरूलाई अनुसरण गर्ने धेरै भएकाले यो क्षेत्रलाई सरकारले सुरक्षित राख्न चाहेको हुनु पर्छ ।

Sorce :- Kalakarmi

तपाईको प्रतिक्रिया