नेपाल र भारत दुबै देशलाई आफ्नो कर्म थलो बनाउँदै अघि बढिरहेकी सभ्यता गीरीले नेपालमा त भिडियोमा मोडलिङ गरेकी छन् नै बलिउडमा पनि उनको ब्यस्तता राम्रै बढ्न थालेको छ । शुक्रबार सार्वजनिक उनि अभिनित हिन्दी गीतको म्युजिक भिडियो ‘ओ माहिया तु मेरी जान….’ मा सभ्यताको मनमोहक अभिनय देख्न सकिन्छ ।

सभ्यतालाई म्युजिक भिडियोमा ईशान खान, ऋषि पञ्पल, अर्जुन नारायन, अनुज जयस्वालले साथ दिएका छन् । अर्बिट म्युजिकको निर्माण रहेकोे उक्त भिडयोलाई सञ्जय शर्माले कोरियोग्रफ गरेका हुन् ।

अन्नु शाह अनवरको शब्द, अलि घनिको सङ्गीत, शाहिद माल्येको स्वर रहेको गीतको भिडियोबाट विगतका भिडियोहरू सफल भएझै यसबाट पनि आफू निक्कै आशावादी रहेको मोडल गीरीले बताईन ।

तपाईको प्रतिक्रिया