काठमाडौँ : गायक अभि जिसीको स्वरमा रहेको गीत ‘जाली माया’ यतिखेर चर्चामा छ । अभी कै शब्द/सङ्गीत र योगेश काजीको सङ्गीत संयोजन रहेको गीतको भिडियो केही समय अगाडि सार्वजनिक भएको हो ।

किशन अर्यालको निर्देशन रहेको गीतको भिडियोमा रोहित जिसी र रबिना भण्डारीको अन स्क्रिन रोमान्स रहेको छ । मुकेश हुमागाईंको छायाँकन रहेको भिडियोलाई प्रकाश एसकेले सम्पादन गरेका छन् ।

गीत जति राम्रो छ गीतको भिडियो पनि उत्कृष्ट बनेको छ । केही चलचित्रमा सहायक निर्देशन र विभिन्न म्युजिक भिडियोमा निर्देशन गरेका किशनले यो म्युजिक भिडियो पनि राम्रो बनाउने प्रयास गरेको बताउँछन् ।

मोफसल रुपन्देहीको मुर्गियामा रहेर गीत सङ्गीतमा सक्रिय रहेका अभीको सार्वजनिक यो पहिलो गीत हो । ‘हामीले एउटा राम्रो गीत स्रोता/दर्शकमाझ पस्किएका थियौ र दर्शकहरुको मायाले आफुलाई अझै हौसला मिलेको अभीको भनाइ छ । भिडियो हेर्नुहोस् :

तपाईको प्रतिक्रिया