अमेरिकामा बस्दै आएका अभिनेता सुवास थापा केही बर्ष अघि फिल्म ‘बिर्खेलाई चिन्छस्’ मा देखिएका थिए । उनले अमेरिकामा निर्माण निर्माण भैइरहेको एक अंग्रेजी फिल्ममा अभिनय गरेका छन् ।

एक पुस्तकमा आधारित अंग्रेजी फिल्म ‘हाउ टु किप योर म्यान ह्याप्पी’ मा सुवास सफल व्यवसायीको भूमिकामा छन् । फिल्मलाई कन्ट्रेल राइटले निर्माण र निर्देशन गरिरहेका छन् । निर्देशक राइट आफैंले लेखेको पुस्तकको कथालाई फिल्ममा उतारिएको हो । यो फिल्म नेटफ्लिक्समा रिलिज हुने बताइएको छ । अहिले फिल्मको छायांकन भइरहेको छ ।

फिल्ममा सुवासले अभिनेत्री प्रियाना मोर्गनसँग रोमान्स गरेका छन् । पहिलो पटक अन्तर्राष्ट्रिय प्रोजेक्टमा काम गर्न पाएकोमा उनले सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया