निर्देशक आकाश अधिकारीले नयाँ चलचित्र बनाउने भएका छन् । उनले, बनाउन लागेको नयाँ सिनेमाको नाम भने तय गरिएको छैन । तर, सिनेमाका लागि भने केही कलाकार फाइनल भएका छन् । सिनेमामा अभिनेता शिव श्रेष्ठ, सौगात मल्लको साथमा कलाकारहरु रविन्द्र झा, सुनिल कटुवाल फाइनल भएका छन् । सिनेमाका लागि अभिनेत्री फाइनल गरिएको छैन ।

आकाशले निर्देशन गरेको पछिल्लो सिनेमा के यो माया होइन र हो । यो सिनेमाले औषत व्यापार गरेको थियो । आकाशले बनाउने यो सिनेमालाई सस्पेन्स थ्रीलर कथामा निर्माण गरिनेछ । सिनेमा क्षेत्र सुचारु गर्नका लागि निर्माता संघ अध्यक्षको यो कदमले पक्कै पनि सकारात्मक सन्देश जाने देखिएको छ । नेपाली फिल्मीकर्मीहरु अब सिनेमाको छायांकन सुरु हुनेमा आशावादी छन् । आकाशले तिहारपछि सिनेमाको छायांकन सुरु गर्ने जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया