असोज १६ काठमान्डौ – नेपाली लोक दोहोरी क्षेत्रमा निकै लामो सयमा यता क्रियासिल दुर्गा विरहीको प्रस्तुतिमा “सुन्तली रत्यौली” बोलको गीत भर्खरै बजारमा आएको छ । आत्मा बिस्वाश फिल्म्स प्रालिले बजारमा ल्याएको गीतमा प्रिती आले र दुर्गा विरहीको सुमधुर स्वर रहेको छ ।गीतमा जुनु बिरही, राधा, बि .सी र दिपक सुनार आइ डी को पनि सुमधुर स्वर सुन्न सकिन्छ ।

दुर्गा विरहीको लय तथा शब्द सृजनाले सजिएको गीतमा टिका सानु, दुर्गा बिरही र सम्झना थोकरको अभिनय देख्न सकिन्छ । “सुन्तली रत्यौली”  बोलको गीतको म्युजिक भिडियोलाई शिशिर बुढाथोकी, रहेको छ भने क्रोयोग्राफी बिन्दास ढकाल, छायांकन प्रकाश खड्का र सम्पादन राजकुमार मगरको रहेको छ । यस गीतको म्युजिक भिडियोमा सरिष्मा मगर र बिन्दास ढकालको आकर्षक नृत्य देख्न सकिन्छ भने हेमराज अधिकारी र सखिना श्रेष्ठ पनि कमिड़ी भूमिकामा देखिएका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया