काठमाण्डौं ।
बुर्तिबाङ म्युजिक प्रालीको प्रस्तुतीमा जीवन चन्त्याल र पुनम अधिकारीको सयुक्त प्रस्तुतीमा मौलिक दशैँ गीत ”न रुनु आमा” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ ।

परदेशमा घन कमाउने सपना बोकेर पराईको देशमा गएका हजारौ युवाको पिर र व्यथालाई गीतमा समेटिएको छ । जीवन छन्त्याल र मोहन विरही श्रीपालीको शब्द तथा अमित वावु रोकायाको लय सिर्जना गीतमा रहेको छ ।

महेश महराको छायाँकन , मनोज कार्कीको सम्पादन तथा धुव्र हिमालीको निर्देशन भिडियोमा रहेको छ । ”न रुनु आमा” गीतको भिडियोमा रमा थपलिया , खेम धर्ति , धुव्र हिमाली , पुनम अधिकारी र मनि कुमार राईको अभिनय रहेको छ ।

”न रुनु आमा” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया