काठमाण्डौ असोज २८ – राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय चाबहिल समितिले आज आफ्नो “सातौं वार्षिक साधारण-सभा एवं दशै तिहार शुभकामना आदानप्रदान कार्यक्रम- २०७७ सम्पन्न गरेको छ । दिपक आचार्यको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका पुर्बअध्यक्ष चन्द्र शर्माको प्रमुख आतिध्यता रहेको थियो ।

कार्यक्रममा विशिष्ट अतिथि केन्द्रीय सदस्य पी.एन सापकोटा, विशेष अतिथि उपत्यका समन्वय अध्यक्ष सुजन लम्साल, विशेष अतिथि उपत्यका स.सदस्य/प्रवक्ता रविन लामिछाने, विशेष अतिथि उपत्यका समन्वय समितिको सदस्य/ललितपुर संयोजक मिरा गिरी, अतिथिहरु रा.लो.दो.प्रा. नेपाल, मकवानपुर जिल्ला समिति सदस्य प्रतिमा अर्याल,  सुन्धारा समितिको अध्यक्ष शैलेस राना,  कमलादी समितिको अध्यक्ष नीर आले, ठमेल समितिको अध्यक्ष साधुराम रोका, अञ्चल शाही नयाँ बसपार्क समिति अध्यक्ष, ठमेल सह- सचिव रन्जित परियार,  बसपार्क समिति दोहोरी संयोजक प्रकाश रसाइली, ललितपुर सदस्य कसम ठकुरी,  लगाएत ९ वटै समितिका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान उपत्यका समन्वय समिति अन्तर्गत अहिले सम्म ७ वटा समितिको साधारण सभा सम्पन्न भैसकेको छ । चाबहिल समितिका सचिब पदम थापा मगर द्वारा संचालित समितिको सातौँ बार्षिक साधारण सभामा प्रमुख अतिथि चन्द्र शर्माले बिगतका दिनमा जस्तै थप उर्जासिल भएर चाबहिल समितीले उल्लेखनीय काम गरेको बताएका थिए । साथै उनले सम्पूर्ण समिति तथा प्रतिष्ठानको तर्फबाट आम नेपालिजनहरुमा बिजया दशमी तथा दिपावलीको शुभकामान ब्यक्त गरेका थिए ।

त्यसैगरी केन्द्रीय सदस्य पी.एन सापकोटाको तर्फबाट पनि चाबहिल समिति प्रसंसाको पात्र बनेको छ । समन्वयका अध्यक्ष सुजन लम्सालले कला र संस्कृतिको जगेनार्थ र कलाकारहरुको हकअधिकारका निमित्त चाबहिल समितीले निर्वाह गरेको भूमिका प्रति आभार प्रकट गरेका थिए । कार्यक्रममा चाबहिल समितिको तर्फबाट कोषाध्यक्ष जिबन खतिवडाले बार्षिक आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुका साथै सचिब पदम थापा मगरले बार्षिक सांगठानिक प्रतिबेदन प्रस्तुत गरिएको गरेका छन् । उक्त साधारण-सभा बाट रिक्त रहेको पद समिति सदस्यमा चर्चित लोक दोहोरी गायक किरण गौतमलाई मनोनित गरिएको छ ।

तपाईको प्रतिक्रिया