काठमाण्डौ असोज २८ – नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल लोकप्रिय गायक राजेश ढकाल र गायिका स्मृति गौतम को सुमधुर स्वरमा अत्यन्तै मर्मस्पर्शी लोक दोहोरी गीत “परदेशिको कथा भाग १ “गाउमै फर्केर” भर्खरै बजारमा आएको छ । बिशेष गरेर परदेशीहरुको यथार्थ भाव समाबेश गरिएको यस गीतलाई लय शब्द गायक स्वयम् राजेश ढकाल सिर्जना गरेका छन् ।

गीतको म्युजिक भिडियोमा आयुष्मा कार्की र गणेश राना मगरको अत्यन्त लोभ लाग्दो अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन बिराज फुयालले गरेका हुन् भने छयांकन बिरेन्द्र भाट र सम्पादन सन्दिप घिमिरेले गरेका छन् । गीतलाई संगीत संयोजन बिष्णु तामाङ्गले गरेका हुन् ।हामि यस गीत संग सम्बन्धित सम्पूर्ण कलाकारहरुमा सफलताको शुभकामना ब्यक्त गर्दछौं ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया