- छायाँ पन्थ

पार्लरकाे कामले खाना खाने फुर्सद नपाउने यमी पाण्डे अाजभाेलि निकै फुर्सदिली बनेकी छन् । काेभिड 19 ले गत चैतदेखि नेपालमा पनि प्रभाव जमाएदेखि यमीकाे व्यापार व्यवसाय सबै ठप्प छन् । दशकाैँदेखि व्युटिसयन पेशातिर लागेकी उनकाे तिलाेत्तमा- १ शारदा स्कूल चाेकैमा सम्पदा व्युटिपार्लरमा स्थानीय महिलाहरू विभिन्न काम लिएर उनकाे पसलमा पुग्ने गर्दछन् । घरखर्च चलाउन , बच्चा स्कूल पढाउन र विभिन्न ठाऊँमा बचत गर्न पुगेकाे व्यवसाय हिजाेअाज ठप्प हुँदा उनी निकै चिन्तित बनेकी छन् । उनी भन्छिन् – “अहिले सिजनकाे समय पनि एक रूपैया कमाई नभएर गयाे । गतवर्ष चैतदेखि एस ई ई दिएर खाली भएका विद्यार्थीहरू कपाल स्ट्रेट गर्न भन्दै भीड लाग्दथे । तर अहिले खाली छ ।” उनले थपिन् – “त्यसैगरी तिज र दशै भनेर चाडपर्व कुरेर स्ट्रेट लगायत अन्य कामका लागि चाडपर्व कुर्नेहरू पनि यसपालि काेराेनाकाे डरले अाएनन् ।” विद्यार्थीहरूलाई पनि व्युटिसियन काेर्ष सिकाउने उनी विवाहकाे काममा दुलहा दुलहीकाे काेठा सजावट गर्ने कामले पनि उस्तै भ्याई- नभ्याई हुन्थ्याे । त्यो सबै यसपालि काेराेना महामारीले शून्य बनाएकाे उनले बताइन ।
त्यसैगरि देवदहकाे शीतलनगर चाेकमा सान व्युटिपार्लर नामकाे पसलकी सुमी गुरूङकाे पनि व्यथा उस्तै छ । एक दशकदेखि याे पेशामा रमाएकी उनले पहिलाे चरणकाे लकडाउनमा चार महिनाकाे भाडा घरैबाट बुझाउनुपर्याे । प्रत्येक महिनाकाे पाँच गते नै घरबेटीलाई भाडा बुझाइहाल्नुपर्ने बाध्यता थियाे । “तर अहिलेकाे विषम परिस्थिति घरबेटीले बुझ्नु भएकाे छ ।” उनले भनिन् -” व्यापार नभएकाे कारण उहाँहरूले भाडा माग्नुहुँदैन । म अाफै नै दिने गर्दछु ।” उनले व्यथा पाेख्दै गइन – “तिज दशैँ भनेकाे खाना खाने फुर्सद नहुने समय हाे ।तर यसपालि रित्तो र सुनसान भयाे ।” लकडाउन अघि एकजना स्टाफ राखेकी सुमीले अहिले भने एक्लै राेग र भाेककाे चिन्ता ठूलाे रहेछ भन्दै जाेखिम माेलेरै भएपनि उनी व्यापार गर्न बाध्य छिन् । विभिन्न सुरक्षाका मापदण्डकाे पालना गरेर डरै डरमा चिनेका र नजिकका ग्राहककाे मात्रै काम गरेकाे बताइन् ।भाडाकै लागि बाध्य भएर पनि काम गर्नु परेकाे दुखेसाे पाेखिन् ।
तिनकुने मिलनचाेककी संगिता सारू पनि जाेखिम माेलेरै अहिले काम गरेकी छन् । उनले पनि चिनेका र नजिकका ग्राहककाे मात्रै काम गर्छिन् । व्युटिफेस नामकाे पार्लरबाट उनकाे हरेक गर्जाे टरेकाे थियाे । तर अहिले भने धेरै नै अप्ठ्यारो परेकाे छ उनलाई । उनकाे पार्लरमा पनि यसपालिका चाडपर्वमा राैनक छाएनन् । सुनसान र रित्तो रित्तो भयाे ।
उता निकै व्यस्त शहर बुटवलकाे अमरपथमा रहेकाे सिंह कम्प्लेक्समा सञ्चालित निल डेभिटका सञ्चालक माेहन ठाकुर पनि उस्तै चिन्तित छन् । महिला र पुरूषकाे पार्लरकाे रूपमा परिचित निल डेभिटमा ७ जना कर्मचारीले दिनहुँ काम गर्ने गर्छन् । नारायणगढ, हेटाैडा , पाल्पा , प्युठान, स्याङ्जालगायत देशव्यापीरूपमा व्यापार गर्न सफल साे व्यवसाय अहिले भने भाडा बुझाउन र कर्मचारीलाई तलब खुवाउन पनि मुस्किल परेकाे छ । लकडाउन अघि भारतकाे गाेरखपुरसम्मका मानिसहररू अाउने गरेकाेमा अहिले भने स्थानीय मानिसहरू मात्र त्यहाँ अाउने गरेकाे माेहन बताउँछन्। “मान्छे नै अाउन डराउँछन् । याे बेलामा व्यापार हाेला भन्नू त झन परैकाे कुरा भाे । जे जति ग्राहक अाउनुहुन्छ सक्दाे सुरक्षाका मापदण्ड अपनाएर काम गर्ने गरेका छाैँ ।”
काेराेना महामारीबाट व्युटिसियन क्षेत्र मात्र हाेइन हरेक क्षेत्र प्रभावित बनेका छन् । सबैतिर यसले प्रभाव जमाएकाे छ ।
दुई दशकदेखि माेनालिसा व्युटिपार्लरबाट स्थापित भएकी शान्ति शर्मालाई पनि काेभिडले घुँडा टेकाएकाे छ । यही क्षेत्रमै रमाएकी शान्तिकाे नेशनल व्युटिसियन ट्रेनिङ इन्टिट्युट प्राली नामकाे ट्रेनिङ सेन्टर छ जहाँ सि टि ई भिटीकाे परीक्षाकाे फारम र रकमसमेत बुझाएकाे तर परीक्षा कहिले हुन्छ भन्ने टुंगो नै छैन उनले भनिन् । “पार्लरमा त जानै हुँदैन झन छिटाे काराेना सर्छ भन्ने डरले मानिसहरू अाउनै डराउँछन् ।” उनले भनिन् “विद्यार्थीले टन्न भरिएकाे ट्रेनिङ सेन्टरमा फागुनयता चाबी लगाएर राख्नु परेकाे छ ।” अहिले त्यी विद्यार्थी कहाँ छन् भन्ने कुनै अत्ताेपत्ताे नै छैन् । अाफ्नाे सर्वस्व यही नै हाे भनी लगाएकाे लगानी चुर्लुम्म डुबेकाे छ । उनी चिन्तित हुँदै भनिन् । “कति व्यवसायी त घरबेटीकै कारण अाफ्नाे व्यवसायबाट विस्थापित बनेका छन् । ” उनी भन्छिन् – ” अाफूसँग भएकाे सामान त बेचेर खानु पर्याे नि ।”
घरेलु तथा साना उद्योग महासंघ लुम्बिनी प्रदेशकी अध्यक्ष रहेकी शान्तिकाे अगुवाइमा फाल्गुणकाे अन्तिम सातादेखि सुरू भएकाे व्यापारमेलामा काेराेना महामारीकाे सुरूवातका कारण झनै क्षति पुगेकाे थियाे । त्यस्तै नेपाल व्युटिसियन संघ केन्द्रीय वरिष्ठ उपाध्यक्षसमेत रहेकी उनका अनुसार रूपन्देही जिल्लामा २००० बढीकाे संख्यामा व्युटिपार्लर व्यवसाय दर्तामा रहेकाे र कति व्यवसायी त दर्ताबिना नै चलेकाे बताइन् ।

तपाईको प्रतिक्रिया