सिटिजन्स बैंक Citizens Bank International Limited ले तिनाउ मिसन डेभलपमेण्ट बैंक Tinau Mission Bikas Bank Ltd. लाई प्राप्ति गर्ने भएको छ । दुई कम्पनीबीच शनिवार प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

सम्झौतामा सिटिजन्स बैंकको तर्फबाट संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक प्रवल जंग पाण्डे र तिनाउ मिसनको तर्फबाट संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक राजेन्द्र प्रसाद ओझाले हस्ताक्षर गरेका छन् ।

सिटिजन्सले १००:९६ को स्वाप अनुपातमा गाभ्न लागेको हो । जस अनुसार तिनाउ मिसनको १०० कित्ता शेयर हुनेले सिटिजन्सको ९६ कित्ता शेयर पाउने छन् । यद्यपि विस्तृत मूल्यांकन प्रतिवेदन (डिडिए) पछि अन्तिम स्वाप यकिन गरिने बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकबाट “ख” वर्गको इजाजत प्राप्त तिनाउ मिसनको प्रधान कार्यालय बुटवलमा रहेको छ । हाल सिटिजन्स बैंकको चुक्ता पूँजी ९ अर्ब ८ करोड रुपैयाँ रहेको छ भने तिनाउ मिसन डेभलपमेण्ट बैंकको चुक्ता पूँजी १ अर्ब ८१ करोड रुपैयाँ रहेको छ । प्राप्ति पश्चात बैंकको कुल शाखा १६४ हुनेछ ।

मङ्सिर अन्तिम साता दुवै अन्स्थाले साधारणसभा गरेर राष्ट्र बैंकले स्वीकृति दिएमा पुस मसान्तबाट एकिकृतकारोबार गर्ने सम्झौतामा उल्लेख छ ।

तपाईको प्रतिक्रिया