काठमाण्डौं ।
नेपाली सुगम संगीतको अभिनयमा सक्रियाशिल मोडल सरिता श्रेष्ठ सारा नेपाली आर्ट कल्चर म्युजिक अवार्ड २०७७ को पहिलो संस्करणमा ”भूल ” गीतबाट सर्वोकृष्ट आधुनिक मोडलको अवार्ड पाउन सफल भएकी छिन् ।

लामो समय देखी अभिनयमा आफनो पहिचान बनाइसकेकी मोडल सरिताले सयौ गीतमा आफनो अभिनय कला प्रस्तुत गरिसकेकी छन । विश्वमा गीत संगीतको बजार कोरोनाको कारणले अस्त व्यस्त भैरहेको अवस्थामा नेपाली संगीतको विकाशका लागी आयोजक ले गीत संगीतको लागी खेलेको भुमीका निकै प्रसंसा योग्य रहेको उनले बताइन ।

अवार्ड पाएकोमा खुशि हुुँदै आम दर्शक श्रोताहरुको माया र स्नेहको कारणले नै आजको स्थानमा आफु आउन सफल भएको बताइन । आफनो कामको मुल्याङकन गर्नुहुने सम्पुर्ण दर्शक तथा स्रोता र आयोजन प्रति र आफनो सांगितीक यात्रामा सहयोग गरेकोमा सम्पुर्णलाई विशेष आभार ब्यक्त गरेकी छन । अवार्ड पाएसँगै खुसि व्यक्त गर्दै साराले आफुलाई यो अवार्ड दिलाउन प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरेकी छन् ।

तपाईको प्रतिक्रिया