मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आतिथ्यपूर्ण सम्मान पाइनेछ । मेहनतले नाम, दाम र इनाम हात पार्न सकिनेछ । व्यावहारिक झमेला आइलाग्न सक्छन् । तर अप्ठ्यारो परिस्थितिमा पनि आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । कामको उपलब्धि देखाएर थप फाइदा उठाउन सकिनेछ । प्रशंसकहरू बढ्नेछन् । दीर्घकालीन काममा लगानी गर्ने अवसर पनि प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
अप्ठ्यारो परिस्थितिमा गरिएको पुरुषार्थले प्रतिष्ठा दिलाउनेछ । दिगो आम्दानी हुने काम सुरु गर्ने मौका छ । इच्छाशक्ति बढ्नुका साथै चाँडै लक्ष्य प्राप्त गर्न सकिनेछ । पारिवारिक जमघटको फाइदा उठाउँदै विभिन्न परिकारको आनन्द लिन पाइनेछ । खर्च भए पनि लामो यात्रा गर्ने अवसर जुट्नेछ । टाढाका साथीभाइसँग सम्बन्ध बढ्नुका साथै विशिष्ट व्यक्तित्वहरूसँग मित्रता गाँसिनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
राम्रै आम्दानी हुने रोजगारीको अवसर मिल्न सक्छ । बेसुरमा अरूलाई दिएको बचनले अप्ठ्यारोमा पार्न सक्छ । विश्वास गरेकाले धोका दिनेछन् भने साथीभाइहरू टाढिन सक्छन् । परिस्थितिको बन्धनमा परिने योग भएकाले सजग रहनुहोला । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । तापनि, सुख दुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
बोलीकै भरमा काम सम्पादन गर्ने समय छ । प्रेम र मित्रताको गाँठो कसिन सक्छ । धेरै बोल्ने बानीले विवाद निम्त्याउन सक्छ । कुरा लगाउनेहरूले आत्मीय सम्बन्धमा फाटो उत्पन्न गर्न सक्छन् । बोली व्यवहारमा सजग रहनुहोला । हिसाब किताबमा सावधान नहुँदा विवादमा परिनेछ । मान सम्मानमा चोट पुग्न सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
काम सामान्य भए पनि राम्रो आम्दानी हुनेछ । दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । सहयोगीहरू जुट्नाले काममा फाइदा उठाउन सकिनेछ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । आँटेका काम बन्नाले जोश जाँगर बढ्नेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
हिम्मतले काम लिने समय छ । पुरुषार्थ देखाएर नाम, दाम र इनाम हात पार्न सकिनेछ । मित्रहरूको सञ्जाल फराकिलो हुनुका साथै प्रेमको गाँठो समेत कसिन सक्छ । अरूको भावना बुझ्ने चेष्टा गर्नुहोला । परिस्थितिले संघर्षको पाइला चाल्न सिकाउनेछ । सुख दुःखमा साथ दिनेहरू कमै भेटिनेछन् ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
श्रमको उचित मूल्यांकन हुनेछ । खर्च लागे पनि लामो यात्रा गर्ने अवसर जुट्न सक्छ । स्वास्थ्यका लागि खानपानमा ध्यान पुर्याउनु होला । मेहनत गर्दा पढाइ लेखाइमा प्रगति हुने समय छ । खर्च लागे पनि कामको प्रयत्न सफल हुने समय छ । स्वास्थ्यमा मौसमी समस्या आउन सक्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
अरूको भावनालाई बेवास्ता गर्दा समस्या देखा पर्नेछ । कमजोरी ढाकछोप गर्दा दुःख पाइनेछ । खर्च बढ्नाले समस्या उत्पन्न हुन सक्छ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । नजिकका आफन्त टाढिन सक्छन् । विशिष्ट जनसँग मित्रता बढ्न सक्छ । पुराना साथीभाइसँग भेटघाट गर्ने अवसर जुट्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
पठन पाठनमा प्रगति हुनेछ । प्रतिभा प्रदर्शन गरेर धेरैलाई अचम्मित तल्याउन सकिनेछ । तपाईंको विचारलाई धेरैले मन पराउनेछन् । नाता गाँस्नेहरूले केही दुःख दिनेछन् । रोकिएका काममा दोहोर्याएर प्रयास गर्दा फाइदा हुनेछ । समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
स्वास्थ्यमा कमजोरी देखिए अध्ययनमा ध्यान केन्द्रित हुनेछ । प्रयत्न गर्दा विदेशयात्राको अवसर जुट्न सक्छ । पहिलेको उपलब्धिले काममा उत्साह जगाउनेछ । पहिलेका सहयोगी भने प्रतिस्पर्धीका रूपमा देखा पर्न सक्छन् । रोकिएको काम बन्नाले उत्साह जाग्नेछ । धार्मिक क्रियाकलापमा रुचि जाग्नेछ । शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा बढ्न सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । शक्तिशाली व्यक्तिहरू प्रतिस्पर्धामा उत्रने सम्भावना छ । गोपनीयतामा ध्यान दिनुहोला । सबल स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । ईर्ष्या गर्नेहरुले फसाउन सक्छन् । अस्वस्थताका बीच कामको बोझ बढ्नेछ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
खर्च बढ्ने देखिएकाले रकम जोगाउने चेष्टा गर्नुहोला । बलजफ्तीले काम बिग्रन सक्छ । आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् । विवादले मन खिन्न तुल्याउन सक्छ । विभिन्न अवसर प्राप्त हुनेछन् । रचनात्मक काम गरेर पुरानो पद्धतिमा सुधार ल्याउन सकिनेछ । तर्क शक्ति बढे पनि कुराकानी गर्दा गोपनीयतामा ध्यान दिनुहोला ।

तपाईको प्रतिक्रिया