गायक रामकृष्ण ढकालको स्वरमा समावेश ‘अधर’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । यो गीतमा बेलायतका लागि नेपाली राजदुत डाक्टर दुर्गाबहादुर सुवेदीको शब्द तथा शिखर सन्तोषको संगीत छ ।

यो गीतको भिडियोमा बिष्णु खरेल र मोडल रोश्ना कार्कीले अभिनय गरेका छन् । कुशल श्रेष्ठको निर्देशन, छायांकन तथा सम्पादन रहेको यो गीतको भिडियोमा लण्डनका ट्राफलगर स्क्वायर, अक्सफोर्ड स्ट्रिट, ओटु एरिना लगायतका स्थानका दृश्य देख्न पाइन्छ ।

तपाईको प्रतिक्रिया