काठमाडौं । लोकप्रिय गायक सीताराम पोखरेलको स्वरमा नयां गीत मनको मैलोको म्यूजिक भिडियो सार्वजनिक भएको छ । ओएसआर डिजीटल युट्यूब च्यानलबाट आज सार्वजनिक भिडियोमा गायक स्वयं र उनलाई अभिनयमा मोडल तथा भिजे रिमा विश्वकर्मा र बालकलाकार आयुशी ढकालले साथ दिएका छन ।

उत्कृष्ट स्वरमा रहेको गीतको भिडियोलाई निर्देशक समन अधिकारीले फरक ढंगले निकै मार्मिक कथावस्तु समेटेर आकर्षक तरिकाले निर्देशन गरेका छन । हेमन्त खतिवडाको शव्द रहेको गीतलाई संजय हमालले एरेन्ज तथा कम्पोज गरेका हुन ।

फराज अर्पणको छायांकन तथा सम्पादन रहेको भिडियोमा हेमा श्रेष्ठको बेली डान्स समेत रहेको छ । आफ्ना प्रत्येक भिडियोमा चर्चित नायिका तथा मोडलहरुलाई समावेश गराई भिडियो बजारमा ल्याउने गरेका गायक पोखरेलले यस पटक मोडल रिमा विश्वकर्मासंग जोडी निकै आकर्षक देखिएको छ ।

तपाईको प्रतिक्रिया