गायक दिल विश्वकर्मा र गायिका मेलिना राइको स्वर, प्रकाश न्यौपानेको शब्द तथा तिलक बस्नेतको संगीतमा तयार भएको ‘अष्ट्रेलिया जाउली’ बोलको गीत सार्वजनिक भएको छ ।

यो गीतको भिडियोमा आँचल शर्मा, सुलेमान शंकर र सागर लम्सालले अभिनय गरेका छन् । मुस्कान ढकालको निर्देशनमा तयार भएको यो भिडियोमा विकास दाहालको सम्पादन, उत्सव दाहालको छायांकन छ ।

यो गीतले अष्ट्रेलिया लैजान चाहने यूवा र नेपालमै बसौं भन्ने यूवतीको भावना प्रस्तुत गरेको छ ।

तपाईको प्रतिक्रिया