एजेन्सी। हिन्दी धारावाहिक उडानकी अभिनेत्री मालवी मल्होत्रामाथि चक्कु प्रहार भएको छ। चक्कु प्रहारबाट उनी गम्भीर घाइते भएकी छिन्। उनको मुम्बईस्थित कोकिलाबन अस्पतालमा उपचार भइरहेको छ। उनलाई एकातर्फी माया गर्ने (वन साइडेड लभर)ले उनीमाथी चक्कु प्रहार गरेको बताइएको छ।

प्रहरीमा उनीविरुद्ध उजुरी परेको छ। तर, उनी चक्कु प्रहारपछि फरार छन्। प्रोड्युसर योगेश महिपालसिंहले उनीमाथि चक्कु प्रहार गरेका हुन्। उनी मालवीसँग एकतर्फी माया गर्दै आएका थिए। मालवीले उनको प्रेम अस्वीकार गर्दा चक्कु प्रहार गरेको बताइएको छ।

वर्सोवा प्रहरीका अनुसार चक्कु प्रहारपछि उनी फरार भए। अहिले उनको अवस्था खतरमुक्त छ। दुवै जनाबीच फेसबुकमार्फत सम्पर्क भएको थियो। फेसबुकमा भएको चिनजानका आधारमा मालवी योगेशसँग काम गर्न तयार भएकी थिइन्।

मालवी टेलिभिजन पर्दामा काम गर्नुका साथै तमिल तथा तेलुगु चलचित्रमा समेत काम गर्दै आएकी छिन्। उनले तेलुगु चलचित्र कुमारी २१ एफ, तमिल चलचित्र नदिक्कू एण्डी तथा टीभी शो उडान मा काम गर्दै आएकी छिन्। उनीमाथि यसअघि पनि तीनपटक चक्कु प्रहार भएको थियो।

तपाईको प्रतिक्रिया