नोभेम्बर 15 साँझ करिब 8:35बजे तिर हङकङको याउ मा तेइ जोर्डनको 560 क्यान्टोन रोड स्थित चार तले बिल्डिङमा आगो लाग्दा जम्मा आठ जना चार पुरुष र तीन महिला मानिसको ज्यान गएको छ जस भित्र 9 वर्षको बालक पनि परेकोछ। ज्यान गुमाउनेमा नौ वर्ष देखि चालिस वर्ष भित्रका सबै नेपाली रहेको कुरा समाचारमा आएको छ।आगलागी भएको दिन जम्मा सात जनाको मृत्यु भएको थियो भने 16 नोभेम्बरमा एक जना थपिएर मृत्यु हुनेको संख्या आठ पुगेकोछ।
स्रोतअनुसार नेपाली द्वारा संचालित जिरे खुर्सानी नामक रेस्टुरेन्टमा उक्त साझ दिपावली र जन्म दिनको पार्टी मनाइरहेको बेला सो घटना घटेको हो।घाइते हुने करिब 17 जना मध्ये तीन पुरुष र चार जना महिलाको अवस्था गम्भीर रहेको स्थिति छ। एक जनाको स्थितिमा सुधार आइसकेको छ भने एक जना डिस्चार्ज भैसकेकाछ्न।
आगो लागेपछि किचनमा थुनिएका कारण केहिले ज्यान गुमाएका थिए ।एक जना भने किचेनको झ्यालबाट भागेर ज्यान बचाउन सफल भए।
एक दशकको अन्तरालमा भएको यो आगलागी निकै ठुलो हो। प्रहरी स्रोतका अनुसार जन्म दिनको लागि बालिएको क्यान्डल अचानक कोठाको भित्तामा रहेको साउन्डफ्रुफ वालमा सल्किएपछी आगो अनियन्त्रित भएको ठहर छ।
आगलागीलाई करिब 10:41 बजे तिर अग्नि नियंत्रक टोलिले नियन्त्रणमा लिएका थिए । घटना स्थलबाट 18 जनालाई चार वटा विभिन्न अस्पताल कङ वा, कुइन एलिजाबेथ, क्यारिटास मेडिकल सेन्टर ,साम सोइ पो, पृन्स मार्गरेट अस्पताल , क्वाइ चोङमा लगिएको थियोे ।
हङकङकि प्रशासन प्रमुख क्यारी लामले यो दु:खद घटना प्रती शोक प्रकट गर्दै उचित छानबिनका लागि निर्देशन दिसकेकी छिन। उनले नोभेम्बर १६ बिहान ८:३० बजे घटना स्थलको निरिक्षण गरेकी थिन।
विशेष स्रोतअनुसार जिरे खुर्सानी रेस्टुरेन्ट मालिकनी बिना तामाङले पनि यस घटनामा ज्यान गुमाएकी छिन।
मृत्यु हुने सात जना मध्ये निम्न व्यक्तिहरुको विवरण खुलेकोछ। मृत्यु हुनेहरूमा १) १० वर्षीय रायन,(२)३८ वर्षीय युवराज कँडेल, (३)३९ वर्षीय सेर गुरुङ, (४)४० वर्षीय रामबाबु, (५)३० वर्षीय अनिता, (६)४० वर्षीय बिना तामाङ र (७) २० वर्षीय एक जना महिला नाम नखुलेका गरी ७ जनाको मृत्यु भएको जनाइएको छ । मृत्यु हुनेहरू सबै एक आपसको नातेदार रहेको कुरा खुलेको छ।
क्यान्टोन रोड र साइगन रोडको चौरास्तामा फायर डिपार्टमेन्टले कल रिसिभ गरेको तीन मिनेट पछि अग्नि नियंत्रक टोलि पुगेको थियोे बेलुकी 8:42 बजे। आगोको लप्कालाइ करिब आठ मिनेट भित्र निभाइएको थियोे ।प्रहरी का अनुसार तीस जना मानिसलाई घटना स्थल भएको बिल्ड्डिङ बाट उद्वार गरिएको थियोे ।
फायर सर्भिस अफिसरका अनुसार 75 स्क्वायर मिटरको फ्लाटमा संचालित उक्त पहिलो तल्लाको नेपाली रेस्टुरेन्ट लाइसेन्सप्राप्त नभएको प्रहरीले अनुसन्धानले पत्ता लगाएको छ।