फिल्म ‘आर्या’ को गीत युट्युब मार्फत सार्वजनिक गरिएको छ । लकडाउनका कारण प्रदर्शनमा रोकिएको आर्याको हालै गीत सार्वजनिक गरिएको हो ।तिमिल्सिना फिल्म प्रोडक्सनबाट निर्माण गरिएको यस फिल्मको गीतलाई मेलिना राइले स्वर दिएकी छन् ।

कविराज गहतराजको नृत्य निर्देशन ,राम सिटौलाको सङ्गीत, लक्ष्मण सिटौलाको शब्द रहेको छ। उपेन्द्र तिमिल्सिनाले निर्देशन गरेको फिल्ममा अभिनेत्री शिल्पा पोखरेलको मुख्य भूमिका रहेको छ ।

नेपाली फिल्मी इतिहासमा सबै भन्दा धेरै रास्ट्रिय झन्डाको प्रयोग गरिएको फिल्म हो । गीतमा तनहुँको मानुङ डाडाको मनोरम दृश्य बडो रोचक ढंगले दृस्याकंन गरिएको सार्वजनिक भएको गीतमा हेर्न पाइन्छ । गीतमा शिल्पा पोखरेल र अन्य नृत्य कलाकारहरुको कलाकारिता देख्न सकिन्छ।
फिल्ममा दिब्यराज सुवेदीले छायांकन गरेको छन् भने राम सिटौला र शशि बिक्रम थापाको संगीत,मिलन श्रेष्ठको सम्पादन,कुमार महर्जनको द्वन्द निर्देशन रहेको छ। शिल्पा पोखरेल,अनुप बिक्रम शाही,प्रकाश शाह,रवि गिरी,सुशील पोखरेल,गीता अधिकारीलगायतको फिल्ममा अभिनय रहेको छ।

तपाईको प्रतिक्रिया