पहिलो पल्ट देश छोडिरहेको एउटा मान्छे सायद उ संग थुप्रै सपनाको चाङ हुन्छ ।पहिलो पल्ट चढिरहेको त्यो ठूलो प्लेन छोडिएको भुमी र सपनाहरूको रंग यस्तो यस्तै परिस्थिति मा रुमलिदै छोडेका हुन देश उनले र पुगेकि हुन जापन सर्जक सयपत्री थुलुङ।देश जस्तो बिदेश कहाँ हुनु सपनाहरुले रंग बदलिरहेको त्यो पल पसिनाको आयात कति भए लेखाजोखा नहुन थालेपछी आफन्त बाट टाढा रहदा देश को माया ले च्याप्दै -च्याप्दै ल्याएर आकुल बनेकी सयपत्री ले अनि कलम चलायिन र लेखिन गाउँ फर्किरहेको प्रदेशी । उसो त निरन्तर चलिरहेको उनको कलम थाकेको भने थिएन ।

लेखन आफैमा गहन बिषय , प्रदेश काम को चटारो अर्को तिर सबै कुरालाइ जस्ले म्यानेज गर्न सक्छ उस्ले उत्कृष्ट जिन्दगी जिउछ प्रदेशमा । यी सब कुरालाइ मिलाउदै सबै कुरामा समतल स्थान राख्न सफल सर्जक आर जे सयपत्री थुलुङ सिर्जना कर्म लाई उर्बर बनाइ रहेकी छिन जापन मै बसेर पनि । एक ताका रेडियो अनलाइन गोर्खाली मा आर जे सम्म रहेकी उनी अहिले जापान लाई र जापान का सिर्जनशील फाटलाइ मलजल गरिरहेकी छिन। इको पर्यावरण लाई पनि साथ दिदै जापान बाट आफ्नो उपस्तिथि मा कम हुन दिएकी छैनन सर्जक सयपत्री थुलुङ ले बिजय हितानको साथमा।

तेस्रो जापानव्यापी खुला कविता प्रतियोगिताको नतिजा प्रकाशित भएको अनेसास जापान च्याप्टरको पहलमा ५५ औँ नियमित साहित्य शृंखलामा सो नजिता गएको नोभेम्बर १५ मा घोषणा गरिएको थियो त्यस्मा सयपत्री थुलुङ पनि उत्कृष्ट तीन मा एक बनिन।
संस्थाका अध्यक्ष गिरिजा गैह्रेको सभापतित्व र अनेसास केन्द्रका अध्यक्ष प्रकाश पौडेल माइलाको प्रमुख आतिथ्यमा सम्पन्न एक कार्यक्रमका बीच खुला कविता प्रतियोगितामा तीन जनालाई उत्कृष्ट घोषित गरिएको हो । नेपाली कवितामा विशेष दखल राख्ने विज्ञ कवि एवं समालाेचकहरूकाे टोलीले प्राप्त कविताहरूमध्ये तीन जनालाई उत्कृष्ट घोषित गरेको हो ।
विज्ञ टोलीले सर्जक सयपत्री थुलुङ गाउँ फर्किरहेको परदेशी सर्जक बिनोद आचार्य सिक्का सर्जक अमर बास्तोला छोरिको चिठी यस पटक उत्कृष्ट घोषित भएका हुन् ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरको प्रायोजनमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापान च्याप्टरले आयोजना गरेको यस प्रतियोगितामा उल्लेख्य प्रतिस्पर्धीहरू सहभागी भएको जापान च्याप्टरले जनाएको छ ।

तपाईको प्रतिक्रिया