काठमाडौं । फिल्म ‘प्रसाद’ पनि यूट्युबमा सार्वजनिक भएको छ । यो फिल्मका निर्देशक दिनेश राउत हुन् । जातीय छुवाछूत र निःसन्तान दाम्पतीको कथा समेटिएको फिल्ममा विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेतको प्रमुख भूमिका छ । विपिन र नम्रता श्रीमान/श्रीमतीको भूमिकामा रहेको फिल्ममा निश्चल नेगेटिभ रोलमा छन् । व्यापारिक र समीक्षात्मक रुपमा सफल ठहरिएको फिल्मलाई यूट्युबमा पनि दर्शकले प्रशंसा गरेका छन् । प्रायःले विपिन कार्कीको अभिनय मन पराएका छन् ।

यूट्युबमा रिलिजको २० घण्टामा साढे ५ लाख भ्यूजसहित ट्रेन्डिङको ८ औं नम्बरमा रहेको फिल्मलाई २३ हजार लाइक्स मिलेको छ । २० घण्टामा फिल्मलाई प्राप्त १७ सयभन्दा बढी कमेन्टमा अधिकांशले कलाकारको अभिनय, गीतसंगीत, कथावस्तु र निर्देशकिय पक्षको तारिफ गरेका छन् । फिल्मले नेपाली समाजको तीतो यथार्थलाई पेश गरेको भन्दै दर्शकले प्रशंसाको पुल बाँधेका छन् ।

Movie Link :

तपाईको प्रतिक्रिया