- केशर राई

‘देश एक रङ्गमञ्च’

मानौ,
रङ्गमञ्चमा,
करोडौँको भिडमा,
कोहि त छन त्यस्तो
जादुशक्ति भएको जस्तो।
बिल्कुल अदृश्य।।।।
काम भएको छ जहाँ,
कर्ता नि छ त्यहाँ।
तर, त्यो हैन मान्ने कसरी,
हेर्दा काम,गरेछ जसरी।

रचैता एक,
निर्देशक अर्को,
ब्याक्ति छन दुई
काम भयो तीन,
अर्को देखिन्छ कसरी,
अदृश्य छ भुत प्रेत जसरी।।
देखिदा नि देखिन्न
त्यो बिना काम पनि सकिन्न ।
कतै न कतै झ्यालबाट देखिराछ,
नियन्त्रक बनि अदृश्य घोचिराछ ।
को होला त्यो ?
कस्तो होला त्यो ?
अदृश्य छ किन ?

रङ्गमञ्च भएको छ देश
बेचिएको छ धर्म, बेचिएको छ भेष।
संस्कृति लिलाम भयो,
मलाई पनि कता मिलौँ भयो ।
जाति जातिमा दङ्गा गरिन्छ,
सत्ताशनमा बसि रङ्ग गरिन्छ।
सत्ताको चाँहि गाथा गाउने
भित्र भित्र नाता लाउने ।

देशलाई रङ्गमञ्च बनायो।
स्वाभिमान हरायो।
स्वाधिनता हरायो।
अपराध गर्यो,
वकिल बनायो
आफ्नै वकालत।
अचम्म।।।।।
मेरो देश भयो एक रङ्गमञ्च।।।।

तपाईको प्रतिक्रिया