ईटहरी/ गायक गायिका कृष्ण काफ्ले र रचना रिमालद्वारा स्वरवद्ध नयाँ गीत डिजीटल बजारमा सार्वजनिक गरिएको छ । कृष्ण र रचनाले गाएको चाखुम चाखुम बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा अम्बिका गुरुङको शब्द र अर्जुन पोखरेलको संगीत रहेको छ ।

गीतको आकर्षक म्युजिक भिडियो पनि सार्वजनिक गरिएको छ । म्युजिक भिडियो रोमान्टीक शैलीमा तयार गरिएको छ । म्युजिक भिडियो रामजी लामिछानेको कोरियोग्राफी र निर्देशनमा तयार भएको छ । हेर्नुस् भिडियो यस्तो बनेको छ ।

म्यूजिक भिडियोमा सरोज अधिकारी र आश्मा विश्वकर्मालाई फिचरिङ गरिएको छ । सौरभ लामाले खिचेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन् । म्युजिक भिडियो भवसागर इन्टरटेनमेन्टको युट्युबबाट सार्वजनिक गरिएको हो ।

तपाईको प्रतिक्रिया