राष्ट्रिय फुटबल टोलीकी कप्तान रेनुका नगरकोटेले प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न लागेकी छन्। लामो समयदेखि प्रेम सम्बन्धमा रहेकी रौतहट चपुुरकी रेनुका र जनकपुर शिवबानीका अभिषेक लामाले पारिवारिक सहमतिमा विवाह गर्न लागेका हन्। ७ वर्षदेखि प्रेम सम्बन्धमा रहेका रेनुका र अविशेकले उक्त सम्बन्धलाई मंगलबार विवाहमा परिणत गर्न लागेका हुन्।

लामा हाल काठमाडौमा व्यापार गर्दै आएका छन्। आज आफूहरुले हिन्दु परम्परा अनुसार विवाह गर्न लागेको कप्तान रेनुकाले बताइन्। करिब ८ वर्षदेखि राष्ट्रिय टोलीमा रहेकी रेनुका एपीएफकी समेत सदस्य हुन्। जर्सी नम्बर ७ मा मैदानमा देखिने रेनुका १३ औं दक्षिण एशियाली खेलकुद (साग), साफ च्याम्पियनसिप र टोकियो ओलम्पिकको दोस्रो चरणसम्म पुग्दा टोलीकी महत्वपूर्ण सदस्य थिइन्।

तपाईको प्रतिक्रिया