हत्याको अभियोगमा कैदी हुन पुगेको धरती–पुत्र रघु आज प्रसन्नताले सुत्यो किनभने उसकी आमा उसलाई भेट्न आउँदै थिइन्। पहिले त उसको मुख हेर्दिन हेर्नु नपरोस् भन्थिन त्यसैले रघु मनमनै दुखी थियो। उसलाई भेट्न आउँछिन भन्ने थाहा पाएर ऊ प्रफुल्ल थियो।

मातृमिलनको प्रतीक्षा गर्दै ऊ सुत्यो र गहिरो निद्राबाट गहिरो स्वप्न जगतमा पस्यो। ‘साप साप साप कारागारको छेउमा हल्लाखल्ला भयो।
सापले दुई जनालाई टोकेछ। मर्नेहरु कारागारका कारिन्दा थिए।

दुइटा साप थिए, भाले–पोथी थिए क्यार! यो सर्प ऋतु पनि हो। लठारिएर निस्किए। ऊ त्यहाँ पसे। अब कतिलाई डस्ने हुन्। कति शहीद बढ्ने हुन्। समाजले अनुभव बोल्यो। बोल्दै गयो।

रघु पूरै ब्युँझिसकेको थियो। कोलाहलले उसलाई ब्युँझाए पनि ऊ त्यता फर्किएन। ऊ आफैभित्र फर्कियो र भर्खरै छुटेको सपनामा केन्द्रित भयो।
नागमाता नागदेवी नागकन्या? को थिइन् ती? कसरी जान्नु? शरीरको माथिल्लो माथिल्लो भाग त नारी स्वरुप नै हो, तल्लो भाग सर्प! कसरी? उसले सन्दर्भ जोड्न खोज्यो ए नागमती त आमाको नाम हो नि।

आमा आउने हुनुन्थ्यो। नागदेवीको रुपले आउनु भएछ सपनामा। तर ती मान्छे कसरी मरे सर्पले टोकेर! के यो घटना सपना होइन? फेरि यिनको मृत्यु त सत्य हो। मैले सपना देखेको पनि सत्य हो। कति भाग सपना थियो र कति भाग विपना?

रघु फेरि स्वप्न दृश्यमा केन्द्रित भयोः ‘बाबु, सिंह पिंजडामा अटाउँदैन। मूसाको सहयोग लिएर पनि जालबाट छुट्छ । महान व्यक्ति घोडा बन्दैन, कुशल घोडचढी बन्छ। अब तिमीले कर्म क्षेत्रमा ओर्लेर पुरुषार्थ देखाउने बेला भो। तिम्रो आयु र संकल्प साकार हुनपर्छ। तिम्रा लागि समय बलवान छ। ब्युँझ, उठ र निस्क।’

रघुले नागस्त्रीमा आफ्नी आमा नागमतीको मुद्रा प्रतिबिम्बित ठान्यो। वाणी– विन्यासमा उनकै अमोघ शक्ति मुखर भएको आभास पायो।

‘ए कैदीलाई पर सार यहाँ सर्पले डस्छ।’ कैदीहरु सारिन थाले। रघु र रेमनलाई पञ्चायतकालीन रसियन जीपमा हालेर। हत्कडीमा अल्झाए। चालक र अर्को अगाडिको सिटमा बसे। दुई कैदीका लागि दुई प्रहरी पछाडि थिए । एक तीनको सेटमा जीप चल्यो।

प्रहरी अधिकृतको कुरा सुन्न थारु समाज उत्सुक देखियो । जिल्लापतिलाई फोन गर्यो। एकछिन गम्भीर भयो अनि हात्तीबा र कुलीर थारुतर्फ हेरेर भन्यो, ‘म तपाईँहरुलाई साक्षी मानेर रघुवा र रेमनलाई थारु समाजको जिम्मा छोड्छु । मन्जुर छ?’

राति जंगलमा अचानक जीप राकियो। जीपमा सर्प चढेछ। चालक अगाडि सर्प देखापर्यो। जीप रोकेर प्रहरीहरु निस्किए। रघु र रेमन हत्कडीले जीपको कडामा अल्झिएकै थिए। नीरव–निर्जन ठाउँ, उनीहरु जीपमा नै उङ्दै रहे।

बिहानको मिर्मिरेमा जंगली चराहरुको प्रभाती गायनले रघु र रेमनलाई पनि ब्युँझायो। दुवै दिशाबाट आउने गाडीहरु आउँदै रोकिँदै जाँदै गर्न थाले। रसियन जीप त्यसरी जंगलमा रोकिनु र कैदीहरुलाई झुन्नाइरहनुको औचित्य पछि मात्रै खुल्योः ज्यान जोगाउन सडकको झुप्रातर्फ लागेका प्रहरी जवानलाई हात्तीले च्यातेर चिरुवा दाउरा राश पारेझैँ एकैठाउँ थुपारेको रहेछ।

अर्को प्रहरी जत्था आएर जीप चलाउनासाथ हात्ती पुगेर बाटो रोके। यहाँबाट कुनै हिसाबले ज्यान जोगाएर कैदीसहित निस्कने उपायको खोजी गर्दा गाउँलेले हात्तीबा र कुलीर थारुको नाम लिए। पछि जिल्लामुख र प्रहरीमुखको परामर्श लिएर गाउँले थारु समाजले हात्तीबा र कुलीर थारुलाई बोलाएपछि गाउँलेले उनीहरुलाई राजकीय सम्मानको शैलीमा ल्याए र स्वागत गरे।

‘हात्तीबा यो के भएको हो? अवरोधको कारण जान्न सकिएन । कहिले सर्पले दुःख दिने कहिले हात्तीले। यो अफ्ठेरोबाट निकास लिने कुनै उपाय छ कि? ’

‘आफ्ना आफ्ना क्षेत्रका राजा हुन्छ। त्यस्ता राजाको खोजी हुन्छ, सम्मान हुन्छ। अर्काको अस्तित्व मेट्न खोज्यो भने आफ्नै मेटिन सक्छ। परस्पर विश्वास सहयोग र समभावको अमल गर्नुपर्छ। सबैतिर प्रतिशोध र प्रतिरोध सुहाउँदै कि भन्छु। नत्र पशुले न्याय खोज्नु र न्याय दिनुको रहस्य के?’ हात्तीबाले संकेतिक बोले।

कुलीर नागवंशी उनीले भनेः यी यस क्षेत्रका राजा हुन्। यिनको मर्दन गरेको सहेनन् यी मूक प्राणीले। तपाईंहरु आफ्ना प्रभुलाई भन्नुहोस् मिलाउनु होस् अविवेक छाड्नुहोस। यो संकेत हो, जब जंगली जीव नै आक्रामक भएको छ भने थाम्छ केले? तपाईँ यिनलाई खुशी राख्ने यत्न गर्नुहोस्। जुधेर त जित्न सक्नुहुन्न। बनराज कतै हारेको छ र! आज लिएर जानु होला भोलि यिनैले छुटाउँछन् । विश्वास नभए प्रयास गरिरहनुहोस्।’

किन्तु शक्ति र अधिकार भएकाले विवेक र औचित्य हेर्छ भन्ने छैन। जीप जहाँ पुग्नु थियो कैदीलाई लिएर त्यहीँ पुग्यो । अनि जे नहुनु थियो त्यही भो : उसैदिन राति हात्तीले प्रहरी चौकी ध्वस्त पारे। अरु सबै कैदी त्यहाँबाट भागे रघु र रेमन यथास्थितिमा कैद नै थिए। पुलिसका लाश त्यसैगरी च्यातेर थुपारिएका थिए जस्तो अघिल्लो दिन राजमार्गका जंगलमा भेटिएका थिए।

राज्य सत्ताले नदेखेकै हो नसुनेकै हो। अलिकति त देखाएकै हो, वेवास्ता गरेकै हो। सन्ठीको आगो बलोस् कि सालको अथवा धूपको बास्ना चलोस् कि गोवरको थारु जगतले सहेको त हो। अति भएपछि प्रतिक्रिया आउँदैन र!’

गाउँलेको अन्तरात्मा घन्कियो- यो माटोको शक्ति हो, यहाँको माटोमा अद्भूत शक्ति छ। यो माटो अन्याय र असत्यलाई सहन सक्दैन। अबाटोमा हिडाउँन पनि सकिन्न अकर्म गराउन पनि मिल्दैन। हामीलाई अतत्वले कजाउन खोजेकै कारण हाम्रो पक्षमा प्राणी–जगत उठेको छ। प्रकृत–तत्वमाथि दमन नहोस् । बाघ सधैं सुतेर बस्तैन कि! राज्यले न्याय दिएन भने कुनै तत्वले त हेर्ला नि निमुखालाई। हैन र?

यसपटक प्रहरीले हात्तीबालाई समायो र उसले नै हात्ती परिचालन गरेर कैदीलाई छुटाउन खोज्यो भन्ने आरोप लगायो। सर्पले तत्काल दुईजना प्रहरीलाई ठुग्यो। कैदी त्यहाँ थिएनन्। नत्र तिनलाई पनि ठुँग्दो हो। स्थानीय नागरिकले यस्तै बुझे।

गाउँलेहरुले अनुरोध गरेपछि कुलीर थारुले सर्पको विष झरिदिए। किन्तु थारु समाजले कुनै कुराको माग राखेन। प्रहरी अधिकृत जान्दथ्यो थारु समाज कर्ममा विश्वास गर्छ। राज्यले दिने सुविधा अन्त जस्तै यहाँका नागरिकले पाउनुपर्छ। राज्यबाट हेपिन उपेक्षित र अदेख हुन चाहँदैन।

ऊ जान्दथ्यो यसअघि राज्य आवश्यकताभन्दा बढी आक्रामक देखिएको थियो। राज्य सत्ताले नदेखेकै हो नसुनेकै हो। अलिकति त देखाएकै हो, वेवास्ता गरेकै हो। सन्ठीको आगो बलोस् कि सालको अथवा धूपको बास्ना चलोस् कि गोवरको थारु जगतले सहेको त हो। अति भएपछि प्रतिक्रिया आउँदैन र!’

‘हात्तीबा तपाईँको भनाइ के छ यसबारे?’

‘वरपर अगाडि–पछाडि हेरेर भन्छु जंगली हात्ती आएर यहाँ तबसम्म दःुख दिइरहने छन्। जबसम्म यी थुनामा रहन्छन् । के थाहा हामी गाउँमाथि नै जाइलाग्न थालून? स्थिति तपाईँहरुकै हातमा छ, बनाउन पनि सक्नुहन्छ र बिगार्न पनि। हामी के भन्छौ र । हाम्रो कुरा कसले सुन्छ?’

प्रहरी अधिकृतको कुरा सुन्न थारु समाज उत्सुक देखियो । जिल्लापतिलाई फोन गर्यो। एकछिन गम्भीर भयो अनि हात्तीबा र कुलीर थारुतर्फ हेरेर भन्यो, ‘म तपाईँहरुलाई साक्षी मानेर रघुवा र रेमनलाई थारु समाजको जिम्मा छोड्छु । मन्जुर छ?’

‘मन्जुर।’ सबैले एकैस्वरमा खुसीको बोली बोले। भीड थपिँदै गयो। त्यसपछि थारु जगतले रघु र रेमनलाई हात्तीमा चढाएर गोधूलिभरि गाउँ घुमाए। ‘रघुलाई उसैका मान्छेले जाल थापेर थुनाए। तिनलाई रघु चक्रवर्ती होला कि भन्ने भय थियो । अब यो पाठले उसलाई अग्रगामी हुन प्रेरित गरोस्। आफैँ सोपान बनाएर उचाइमा पुगोस्। अब उसलाई अरुको छाता चाहिँदैन। उसले आफूलाई चिन्नुपर्छ। हामी नै थाम्छौँ नि रघुलाई।’ भीड बोल्यो।

रघुले आगामी चुनावमा कार्यकारी प्रमुखको लागि चुनावी मैदानमा उत्रने घोषणा गर्यो। र मनमन गुन्यो अब म स्वचालित हुनेछु घोडा होइन। कुशल घोडचढी देखिने छु। अब कसैका हात मसम्म आइपुग्ने छैनन्। मलाई मेरै माटोले शक्ति दिनेछ। मलाई मेरै मान्छेले साथ दिनेछन्। उसले आत्मविश्वास बढेको अनुभव गर्यो। म आफ्नै बलले एक्लै सोपान चढ्न सक्छु। जनता साथ छन्।

साँझ छोराको स्वागत गर्न आमाहरु एउटै आगनमा तत्पर भए। आत्मीयजनले घर परिसर र वस्ती भरिँदै गयो। निकैबेर दिपावली चम्कियो । अरुको हात समाएर नहिड । रघुलाई आमाले भनिन्। सुत्ने बेलामा परशुनारायण चौधरीको फोटोसमक्ष हात जोडेर भन्योः बाबा मलाई आशीर्वाद दिनुहोस्।

सपनाका दृश्य र घटना सम्झिएर रघु वर्तमानको यथार्थमा फर्कियोः ए अब त हामी माला लगाइदिएर स–सम्मान विदा गर्छौँ नि जेलबाट! आउनुहोस हजूर। कुनै बडादिनमा छुट्नुभएन। यसपटक महामहिमकी बुहारीको जन्मदिनमा छुट्नुभो। प्रशस्ती ज्ञापन गर्दछौं।’ कारागारको द्वारमा केही व्यक्तिले आत्मीयता देखाए।

आज महानगरको कारागारमा विहानै उमंग फैलिएको देखिन्थ्यो। रघुलाई कारागारबाट मुक्त गरियो। किन्तु यस घटनाले रघुको उचाइ बढेन, अपितु छोडिदिनेको यशोगान थपिएको थियो। च्वः ओजस्वी पुरुष कसैको यश र सुखको लागि औजार बनाइएको थियो।
सपनाको सुखमा पनि क्षति!
अचम्म!!

तपाईको प्रतिक्रिया