काठमाडौं। बलिउड अभिनेता अरबाज खानकी गर्लफ्रेण्ड जर्जिया एड्रियानी निकै चर्चामा रहन्छिन् । हालै उनले बिकिनीमा आफ्ना केही तस्वीर शेयर गरेकी छिन् । उनका यी तस्वीरहरु इन्टरनेटमा भाइरल भएका छन् । उनका फ्यानहरुले उनको समुद्रकिनारको यो लुकलाई निकै मन पराएका छन् । यी तस्वीरहरु उनको व्यवसायिक फोटोशुटको भएको बताइएको छ ।

जर्जिया र अरबाज खानले केही समयदेखि एक अर्कालाई डेट गरिरहेका छन् । यो जोडीलाई पारिवारिक आउटिङ र डिनरमा साथमा देखिन्छ । आइतबार जर्तियाले अरबाजसँग एक तस्वीर शेयर गरेकी थिइन् । अरबाज खान र मलाइका अरोरा बिहेको १८ वर्षपछि २०१६ मा छुट्टिएका थिए । उनहिरुका छोरा अरहान छन् ।

तपाईको प्रतिक्रिया