धरान ः लोकप्रिय गायक ज्ञान सुब्बाको आवाजमा रहेको े ”धरान शहर ” म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
प्रवासमा बसेर पनी आफनो जन्मभूमीको प्रगाढ माया र मौलिक परम्परालाई आधार बनाएर गीत निमार्ण गरिएको गायक सुब्वाले बताए ।

पुर्वको पर्यटकिय एवम धार्मिक पृष्ठभुमीलाई गीतमा कलात्मक एवम मौलिक भाकामा प्रस्तुत गरिएको छ । उनले धरान प्रतिको माया र स्नेह भएको कारणले नै आसपासको मौलिक धरोहरलाई गीतमा समेटेको बताएका छन ।

हर्क चुमेको शब्द तथा जिवन भटटराईको संगीत तथा कुमार थापाको एरेन्ज गीतमा रहेको छ । भावना रेकर्डिङ मा गीतको रेकर्ड गरिएको हो । भ्ुपेन्द्र तुम्बाहाम्फेको छायाँकन तथा निर्देशन र अनिल रानाको सम्पादन भिडियोमा रहेको छ ।”धरान शहर ” गीतको भिडियोमा धरान आसपासको क्षेत्रलाई गीतमा कैद गरिएको छ । गीतको भिडियोमा रेखा लिम्बु , विनोद लिम्बु , बादल श्रेष्ठ, निष्म लिम्बु ,विपना श्रेष्ठ , ज्योना लिम्बु र किरण श्रेष्ठको अभिनय रहेको छ ।
”धरान शहर ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया