क्यानडामा रहेर निरन्तर गीतलेखनमा सक्रिय गीतकार प्रमिला बस्नेतको ‘भंगेरी चरी’ गीत सार्वजनिक भएसंगै लोकप्रिय बन्दै गैरहेको छ । पछिल्लो समय चर्चामा रहेकी गायिका रचना रिमालको स्वर र विकास चौधरीको संगीत रहेको गीतको साहस शाक्यको संगीत संयोजन रहेको छ
नायिका अशिष्मा नकर्मी अभिनित भिडियोलाई गीतकार प्रमिला बस्नेतको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । आवेश बज्राचार्यको छायाँकन, माधव बेलबासेको सम्पादन रहेको भिडियोलाइ पछिल्लो समयका चर्चित एबम ब्यस्त युवा निर्देशक प्रहिल कार्कीले निर्देशन गरेका हुन् ।

गैरआवासीय नेपाली संघ अन्तररास्ट्रीय समन्वय परिषद (एनआरएनए आइसीसी) क्यानडाकी मानार्थ सदस्य समेत रहनु भएको गीतकार बस्नेतले यसअघिको गीतहरुलाई पनि दर्शकले धेरै मन पराएका थिए।

 

 

 

 

तपाईको प्रतिक्रिया