काठमाडौं । गायिका जुनु गौतमको स्वरमा नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । ‘यहाँ हार्नेको कथा’ बोलको गीतमा नविन श्रेष्ठकोे शब्द तथा संगीत रहेको छ । मनिष चक्रवर्तीको एरेन्ज रहेको गीत सुन्दा निकै आनन्ददायी बनेको छ ।

गीतको भिडियोमा नानी थापा, मिलन दाहाल र नविन खड्काले अभिनय गरेका छन् । कृष्ण पौडेलले भिडियो निर्देशन गरेका हुन् । सुजन श्रेष्ठको छायांकन रहेको भिडियोलाई युवराज खत्रीले सम्पादन गरेका हुन् । तारा सितारा प्रोडक्सन युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो ।

तपाईको प्रतिक्रिया