नेपाली सांगीतिक बजारमा लाबोनी प्रमोदको नयाँ गीत सार्वजनिक भएको छ । लाबोनी प्रमोदको ‘आज फेरि’ बोलको गीत भिडियोसहित सार्वजनिक भएको हो । अहिले बजारमा चलिरहेको भन्दा अलिक भिन्न र विशेष खालको एउटा अत्यन्तै मीठो समर्पित प्रेमभावको गीत ‘आज फेरि’ मा शब्द अत्यन्तै गहकिला भएकाले सोहीअनुसार संगीत भरिएको छ । कोलकतामा लामो समय शास्त्रीय संगीत सिकेर नेपाल फर्केका उनीहरू बजारका लागि मात्रै भन्दा पनि संगीतका लागि संगीत गर्नुपर्ने विचार राख्छन । लाबोनीप्रमोद कै संगीत रहेको गीत ‘आज फेरि’लाइ विदेहमणि उपाध्यायले लेखेका हुन् ।
अहिलेका उदीयमान निर्देशक अनुप चापागाईको निर्देशनमा तयार भएको गीतको भिडियोमा करण श्रेष्ठ र रिया क्षेत्रीको मीठो कम्बिनेसन देख्न सकिन्छ । एकार्काप्रति समर्पित प्रेमभावले भरिएको गीतको संगीत संयोजन रिदम कँडेलले गरेका छन् भने प्रकाश मिश्रले मिक्सिङ र मास्टरिङको काम गरेका छन् । निशल पौडेलले खिचेको भिडियोलाई विकास दाहालले इडिट गरेका हुन । गीत लाबोनी प्रमोद’ युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

 

तपाईको प्रतिक्रिया