लोकप्रिय गायक भक्त प्रधानको नयाँ गीत ‘भन के गरु ‘छिटै नै सार्वजनिक हुने भएको छ लेखु सहयात्रीको शब्द अनि पुरुषोत्तम सुबेदीकोको संगीत र एरेन्जमेन्ट रहेको गीत ‘भन के गरु ‘मा भक्तलाई गायनमा गायिका रचना रिमालले साथ दिएकी छिन भने गीतको भिडियोको शुक्रबार छायांकन गरिएको छ।
पछिल्लो समयका लोकप्रिय युवा निर्देशक प्रहिल कार्कीको निर्देशनमा बन्न लागेको भिडियोमा सुधिर श्रेष्ठ र समिक्षा पोखरेलको अभिनय रहेको छ जसमा सुबोल थापाको कोरियोग्राफी ,आवेश बज्राचार्यको सिनेमाटोग्राफी रहेको भिडियोमा  माधव बेलबासेको सम्पादन गर्ने गायक प्रधानले बताउनु भयो ।
बिगत केहि वर्ष देखि नेपाली सांगीतिक छेत्रमा सक्रिय गायक भक्त प्रधान पछिल्लो समयमा निकै अगाडी बढ्ने जमर्को गरिराखेका छन
एक पछि अर्को गदै गायन क्षेत्रमा आफनो बेग्लै छवि बनाएका सरल स्वभाव अनि सुमधुर आवाजका धनी गायक प्रधानको १ दर्जन भन्दा बढी गीत आइसकेका छन उनको यसअघिको गीत ‘ऐसेलु पाकेर’ र ‘लप्सी अचार’ दर्शक माझ निकै लोकप्रिय छन ।

तपाईको प्रतिक्रिया