काठमाडौँ – एस.के. इन्टरटेनमेन्ट प्रालिले आयोजना गरेको मिसेस तामाङ -२०२० को बिजेता तथा उपबिजेताहरु संग विनर तथा सक्सेस पार्टि मनाएको छ । प्रतिश्प्रधिहरु संग अनुभब साटासाट गर्न तथा एक अर्कामा भोलिको दिनमा कसरि सहकार्य गर्दै अगाडि बढ्ने भन्ने उदेश्यले भेटघाट गरिएको कुरा आयोजक संस्थाकि अध्यक्ष शान्ता तामाङले बताइन।

उक्त भेटघाट कार्यक्रमको प्रमुख अतिथि बागमती प्रदेशको उपसभामुख माननीय राधिका तामाङ थिइन् भने बिसेष अतिथिहरु पूर्व मन्त्रि माननीय पर्शुराम तामाङको उपस्थिति रहेको थियो । बिगत ३ बर्ष देखि एस.के. इन्टरटेनमेन्ट प्रालिले मिसेस तामाङ आयोजना गर्दै आएको छ । प्रतियोगिताका बिजेताहरुले नगद रुपयाँ ५०,२५,१५ र १० हजार सहित विभिन्न उपहार समेत पाएका थिए। तामाङ जातिको कला संस्कृति भेषभूषा, रिति-रिवाज एबम रहन-सहनलाई उजागर गर्दै विवाहित गृहिणी/व्यवसायिक तामाङ महिला दिदि-बहिनि मार्फत अन्य जन जाति, समाज, राष्ट्र तथा अन्तराष्ट्रिय स्तरमा समेत प्रवर्धन र सामाजिकीकरण गर्ने उदेश्यले आयोजना गरिएको मिसेस तामाङ -२०२० समग्र जनजातिहरुको पहिचान बनाउने उदेश्य हो ।

प्रतियोगीहरुले आफुले सिकेको ज्ञानहरुलाई समाजमा प्रतिश्प्रधा गर्न अनि आफ्नो आत्मा बिश्वास बढाएर भोलिको दिनमा ट्रेनीङ बाट सिकेको कुराहरुलाइ उपयोग गर्न सक्ने बनाउनुनै मुख्य लक्ष्य रहेको आयोजक शान्ता तामाङ बताउछिन l यस सौन्दर्य प्रतियोगीताले बिबाहित तामाङ नारि बीच व्यक्तित्व विकास र आफु संग भएको प्रतिभा प्रस्फुटन गरि समाजमा एक प्रकारको सकारात्मक सन्देश दिन सफल हुने कुरामा उनि बिस्वस्त छिन ।

तपाईको प्रतिक्रिया