काठमाण्डौ माघ १० – लेखक सुदन कुमार ओलीको १९ अनुभुतिहरुको संगालो आधावाटो आज बिमोचन भएको छ । जिवनका भोगाईहरु संगै अन्तर्ममनको कथाहरु जस्तै गरि बिम्वात्मक तथा बिविध बिषयका चित्रण सहितको अनुभुति संग्रह आज काठमाण्डौमा बिमोचन भएको हो । पुस्तकलाई समालोचक महेश पौडेल,टिप्पणीकार तथा बौद्दिक ब्याक्तित्व डिललीराम शर्मा ,पुर्ब मन्त्री अमर सिंह पुन,काँग्रेस नेता मनोजमणी आर्चार्य तथा ब्याबसायी बलराम खतिवडाले संयुक्त रुपमा बिमोचन गर्नुभएको थियो ।

लेखकले आफ्नो अनुभुतिमा देखेका भोगेका बिषय बस्तुहरुलाई सरल तथा सहज ढंगले प्रस्तुत गरेको र बिभिन्न कालखण्डका भोगाईको समिश्रणका रुपमा चित्रण गरेको उल्लेख गर्दै समालोचक महेश पौडेलले लेखकको शाहित्यीक यात्रा सफल र उज्वल हुने समेत कामना गर्नुभयो । शुभ कामना तथा समालोचना गर्नुहुने अन्य बक्ताहरुले पनि वहाँको शाहित्यिक यात्रा सफलतको कामना समेत गर्नुभयो ।

शाहित्य आँफैमा जति सुन्दर पक्ष छ त्यति नै जोखिमको यात्रा पनि हो बिशेषत शाहित्यमा लगानि गरेर वा पुस्तक नै लेखेर त्यस्को प्रतिफल कम नै अपेक्षा गर्न सकिन्छ तथापि शाहित्यमा युवा रुची भने बड्दो नै छ ।युवा पुस्ताका लेखकहरु शाहित्यमा होमिनु जोखिम नै छ भन्नेहरु बिच पनि सुदनले आफ्नो कृति बजारमा ल्याएर एउटा उदाहरण प्रस्तुत गरेका छन ।

तपाईको प्रतिक्रिया