काठमाडौं । निर्देशक ऋषिराज आचार्यले चलचित्र ‘चुरीफुरी’को छायांकन सुरु गरेका छन् । हाँस्य सिरियल र वेव सिरिजका कलाकारहरुलाई लिएर चलचित्रको छायांकन सुरु गरेका हुन् ।

२ वर्ष अगाडि फिल्म ‘ड्रिम गर्ल’ को ट्रेलर रिलिज कार्यक्रममा निर्माण घोषणा गरिएको फिल्म ‘चुरीफुरी’ को छायांकन सुरु भएको छ ।

चलचित्रको मुख्य भूमिकामा दीपक आचार्य, सुवोध गौतम, पवन, रविन्द्र झा, शिशिर भण्डारी, खतिवडा, सुरविर पण्डित, सुनिता श्रेष्ठ लगायतका कलाकारको अभिनय रहनेछ । चलचित्रका मुख्य नायक तथा नायिकाको नाम तय भएको छैन्।

चलचित्रमा निर्देशक आचार्यकै लेखन, निर्माण र निर्देशन रहनेछ । आरबी मुभिजको ब्यानरमा निर्देशक आचार्य र रिना ढकालको लगानी रहने चलचित्रमा विमला भुषाल, राजेन्द्र खाती र शिव थापा सह–निर्माताको रुपमा छन् ।

मनोरञ्जनको नौलो प्याकेजका रुपमा ‘चुरीफुरी’ निर्माण थालेको निर्देशक आचार्यले बताए । राहुल राईको छायांकन, भिमफेदी गाइजको कोरियोग्राफी, बिजय आचार्यको कला निर्देशन र दीपक शर्माको संगीत रहेको छ ।

तपाईको प्रतिक्रिया