काठमाडौं : लोकप्रिय हेयर ड्रेसर सुरज ठाकुरले नयाँ बानेश्वरको शंखमुलमा आफ्नो पाँचौ आउट्लेट “क्रियटिभ हेयर एण्ड मेकअप स्टुडियो” संचालनमा ल्याएका छन् । बरिष्ट सौन्दर्यबिद सिता न्यौपाने पाठक, बरिष्ट हेयर ड्रेसर निल डेभिड कटुवाल, संचारकर्मी/ कलाकार सुर्य चन्द तथा युवा ब्यबसायी,समाजसेवी अन्जु बुढाथोकी द्वारा संयुक्त रुपमा रिबन काटेर “क्रियटिभ हेयर एण्ड मेकअप स्टुडियो” उद्घाटन गरेका थिए । उक्त अबसरमा अन्य विशिष्ट व्यक्तित्वहरु, संचारकर्मी तथा सेवाग्राहीहरुको समेत बाक्लो उपस्थिति रहेको थियो ।

क्रियटिभ हेयर एण्ड मेकअप स्टुडियो अत्याधुनिक प्रबिधि मार्फत सौन्दर्य सम्बन्धि सम्पूर्ण सुबिधा सम्पन्न मेकअप स्टुडियो हो । लामो समय देखि सौन्दर्य क्षेत्रमा बटुलेको आफ्नो अनुभबलाइ स्वदेशमा नै केहि गरौ भन्ने उदेश्यका साथ संचालन गरिएको क्रियटिभ हेयर एण्ड मेकअप स्टुडियोमा अनुभबी सौन्दर्यकर्मी मार्फत सेवा सुबिधा प्रदान गरिने जानकारी उनले बताइन । सौन्दर्य प्रति सचेत नेपाली नागरिकको बाक्लो भिडलाइ मध्यनजर गर्दै यो पाँचौ ब्रान्च संचालनमा ल्याएको र निकट भबिष्यमा अन्य ठाउँहरुमा पनि ब्रान्च बिस्तार गर्दै लैजाने कुरा संचालक सुरज ठाकुर बताउछन।

तपाईको प्रतिक्रिया