काठमाडौं– अन्तर्राष्ट्रिय रुपमा समेत प्रख्यात सेलिब्रेटी हेयर स्टाइलिस्ट नीलडेभिड कटवालले गरिव तथा असहाय बालबालिकाहरुलाई अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेका छन् ।

भ्यालेन्टाइन्स डेको अवसर पारेर काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरमा सञ्चालनमा ल्याइएको नीलडेभिड्स लाउञ्जको उद्घाटन समारोहमा हेयरस्टाइलिस कटवालले आजैका दिनदेखि आफ्नो सलूनमा केश कटिङ तथा सौन्दर्य सम्बन्धि प्रत्येक कार्यबाट संकलन भएको शूल्कमा कम्तिमा दश रुपैयाँदेखि बढिमा पचास रुपैयाँसम्म रकम छुट्याउने घोषणा गरे ।

‘त्यसरी छुट्याइएको रकमबाट गरिवीका कारण विद्यालय जानबाट वञ्चित बालबालिकाहरुको शिक्षामा लगानी गरिने छ’, कटवालले सन् २०२२ देखि नीलडेभिड्स फाउण्डेनसमार्फत उक्त अभियानले देशव्यापी स्वरुप प्रदान गरिने जानकारी समेत दिएका छन् ।

भ्यालेन्टाइन्स डेको अवसर पारेर नीलडेभिडको नयाँ लाउञ्ज सलनू काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरको दोस्रो तल्लामा सञ्चालनमा आएको नीलडेभिड्स लाउञ्जको उद्घाटन विभिन्न विधामा विशिष्टा हासिल गरेका नारीहरुले संयुक्त रुपमा रिबन काट्दै गरेका छन् ।

महिला शसक्तिकरणलाई जोड दिने उदेश्यले यो लाउञ्जको उद्घाटन सीएनएन हिरो अनुराधा कोइराला, अभिनेत्री सरिता लामिछाने, गायिका ईन्दिरा जोशी, सञ्चारकर्मी तथा मिस नेपाल सुगरिका केसी तथा सञ्चारकर्मी सोनिका रोकायाले संयुक्त रुपमा गरेका हुन् ।

समारोहलाई सम्बोधन गर्दै माइती नेपालकी संस्थापक अध्यक्ष समेत रहेकी अनुरोधा कोइरालाले नीलडेभिड कटवालले आफ्नो संस्थाका दुई दर्जनभन्दा बढी महिलाहरुलाई व्यूटिसियनको प्रशिक्षण दिएर रोजगारीसमेत दिइरहेको धन्यवाद व्यक्त गरिन् ।

‘कपाल काटेको शुल्कबाट १०–१० रुपैयाँ संकलन गरेर गरिव बालबालिकाहरुलाई पढाउने जुन योजना आज सार्वजनिक गरिएको छ, त्यो निकै उदाहरणीय छ, कोइरालले नीलडेभिड आफैं आएर माइती नेपालका चेलीहरुलाई निशुल्क प्रशिक्षण दिने र रोजगारी प्रदान गर्ने प्रस्ताव राखेको दिन आफूले कहिले नबिर्सने बताइन् ।

‘ठूल्ठुला उद्योगपतिहरुले गर्नु पर्ने काम आज नीलडेभिडले गरेर देखाएको छ, कोइरालाले भनिन् । समारोहमा सुगरिका केसी, ईन्दिर जोशी, सरिता लामिछाने लगायतले नीलडेभिड्ले महिला सशक्तिकरणलाई जोड दिएको वधाइ ज्ञापन गर्दै हरेक व्यक्तिको व्यक्तित्व निखार्न कटवालले दिएको योगदानको प्रशंसा गरे ।

नीलडेभिड कटवालले नेपालमै पहिलो पटक नङको सजावटलाई केन्द्रमा राख्दै यो लाउञ्ज सलून स्थापना गरेका हुन् । यसका साथै यो लाउञ्ज सलूनमा हेयर स्टाइलिसका लागि एपोन्टमेन्ट लिएर प्राइभेट लाउञ्ज नै बुक गर्न सकिने सुविधा उपलब्ध गराइएको छ ।

यो सलूनमा दुई वटा प्राइभेट लाउञ्जको व्यवस्था गरिएको छ, जहाँ एउटामा सिंगल एपोन्टमेन्ट लिएर सुविधा लिन सकिन्छ भने दोस्रोमा जोडीले नै एकै पटक एपोन्टमेन्ट लिएर आफ्नो रोजाइ अनुसारको हेयर स्टायल बनाउन सक्नेछन् । यसका साथै यो लाउञ्जमा मेकअप स्टुडियो तथा एकेडेमीको सुविधाका साथै ब्राइडल मेकअप, पार्टि मेकअप समेत बुक गर्न सकिने छ । यसका साथै यो लाउञ्जमा मेनिक्योर तथा पेडिक्योरको सुविधा पनि उपलब्ध गराइएको छ । मेकअपको एड्भान्स कोर्स र नेल आर्टको एड्भान्स कोर्स गर्नेहरुका लागि पनि यहाँ विशेष कक्षा सञ्चालन गरिनेछ ।

तपाईको प्रतिक्रिया