काठमाडौँ । गायक कपिल सापकोटाले ‘छम छमी’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका छन्।
पप शैलीको यस गीतका शब्द कपिलले लेखेका हुन् भने स्वयम उनकै यस गीतमा संगीत रहेको छ। म्युजिक भिडियोमा अंकित गिरी र एस्तर खड्गी बीचको प्रेम प्रस्तुत गरिएको छ।
रपिल महर्जन र हिमाल खड्काले छायांकन गरेको यस भिडियोलाई अनुप राई र रपिल महर्जनले सम्पादन गरेका हुन्। ऋषि सुफी को कन्सेप्ट र निर्देशनमा भिडियो तयार पारिएको हो। मेक मनी रेकर्ड्सको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो।
अस्ट्रेलियाको मेलबर्न सहरमा बसेर पप र र्‍याप गायनमा सक्रिय गायक सापकोटाले यसअघि ‘विद्यार्थी’ , ‘रम्ने छु’ लगायत थुप्रै गीतहरु सार्वजनिक गरेका छन्। यस गीतको म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन गायक सापकोटाले सबैलाई आग्रह गरेका छन।

 

तपाईको प्रतिक्रिया