विराटनगर ।
संचार क्षेत्र र नेपाली गीत संगीत क्षेत्रको गायन विधा सगैँ म्युजिक भिडियो निर्देैशनमा सक्रिय रहनु भएकी उषा मलाहा (सिम्रन )ले हाल सालै झापा र इलामका विभिन्न रमणिय स्थानमा ४ गीतको म्युजिक भिडियो छायाँकन गर्नुभएको छ ।

अमेरिकामा रहेर पनी नेपाली सुगम गीत संगीतमा सक्रिय रहनुभएका गीतकार हरि उप्रेतीको छाडि जाने निष्ठुरीको बोलको गीतमा गायिका रचना रिमालको स्वरमा रहेको गीतको छायाँकन सम्पन्न भएको निमार्ण पक्षले जानकारी दिएको छ ।

सो गीतमा संगीतकार विकाश चौधरीको संगीत तथा नायक सुवास मेचे र आवृति कोइरालाको अभिनय रहेको छ । त्यसै गरि गीतकार केशव बैरागी माइलोको रचना रहेको पल पल बोलको गीतमा रेमन कटुवाल र आवृति कोइराला कै अभिनय रहेको छ । साथै डा रानी शाक्यको स्वरमा रहेको लै बरी लै गीतको पनी छायाँकन सम्पन्न भएको छ । सो गीतमा रविना प्रधानको अभिनय रहेको छ ।

त्यसै गरी क्यानडा बसोवास गर्दै नेपाली सुगम संगीतमा सक्रिय रहनु भएकी गीतकार प्रमिला बस्नेतको को हौ तिमी बोलको गीतको पनी छायाँकन गरिएको छ । सो गीतमा गीतकार प्रमिला बस्नेत र संगीतकार विकाश चौधरी , गायक विकाश लिम्बु र नेपाल आइडल की ममता गुरुङले स्वर दिएकी छन । यी चार वटै गीतको निर्देशन उषा मलाहा (सिम्रन )ले गरेकी छन । धेरै जसो काठमाण्डौँ उपत्यका भित्रै मात्र छायाँकन हुदैँ आएको मा यस पटक पुर्वमा छायाँकन गरिनु र मौलिक गीतमा अभिनय गराउनु आफैमा चुनौती पुर्ण कार्य भएको उनको विचार रहेको छ ।

तपाईको प्रतिक्रिया