काठमााडौं । नेपाल आदिवासी जनजाति साहित्यकार महासंघ ‘तमुवान राज्य समिति’ गठन भएको छ । पोखरामा शनिबार केन्द्रीय तदर्थ समितिका सदस्य गौरी तमुको उपस्थितिमा महासंघको तमुवान राज्य समिति गठन गरिएको हो ।

भेलाले छम गुरुङको संयोजकत्वमा समिति गठन गरेको हो । समितिको सहसंयोजकमा गीता रखाली मगर, सचिवमा दिपक वाइबा तामाङ, सह-सचिवमा उमेश कुमाल, कोषाध्यक्षमा पवित्र तामाङ र सहकोषाध्यक्षमा रुद्र सन्देश तामाङ रहेका छन् ।

त्यस्तै, सदस्यहरुमा रिम राना मगर, चेतबहादुर कुमाल, मानेन्द्रबहादुर कुमाल, तिर्थ गुरुङ, सुरज गुरुङ, तेजबहादुर गुरुङ, कुमार तामाङ, सुजन गुरुङ, अञ्जना तामाङ, चिनमाया तामाङ, सम्राट गुरुङ, अमृता थापा मगर र भोज खण्डलुक मगर छन् ।

आदिवासी जनजाति साहित्यकारहरुलाई एउटै छाता संगठनमा आबद्ध गराउने उद्देश्यका साथ गठित यो महासंघले आदिवासीहरुको आवाज र पीडालाई उजागर गर्ने जनाएको छ । महासंघले यसअघि नेपालका अन्य स्थानहरुमा र अन्तर्राष्ट्रि देशमा पनि समिति गठन गरिरहेको छ । यसअघि लिम्बुवान राज्य तदर्थ समिति पनि गठन गरेको हो ।

तमुवान राज्य समितिका पदाधिकारी तथा सदस्यहरुको नामावली सार्वजनिक गर्दै महासंघको केन्द्रीय संयोजक तथा वरिष्ठ साहित्यकार राजन मुकारुङले बधाई तथा शुभकामना दिएका छन् ।

तपाईको प्रतिक्रिया