साहित्यकार मदन राई ‘लामाखुले’को ‘युरोप यात्राका सम्झनाहरू’ पुस्तक सार्वजनिक भएको छ । ‘सारांश नेपाल’ले काठमाडौंमा आयोजना गरेको समारोहमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले उक्त कृति सार्वजनिक गर्नुभएको हो ।

पुस्तकको बारेमा डा. धनप्रसाद सुवेदी र श्रीओम श्रेष्ठ रोदनले समीक्षा गर्नुभएको थियो ।

खोटाङका निर्मलीडाँडा लामाखु गाउँमा जन्मिनुभएका ७१ वर्षीय लामाखुलेको यो चौथो कृति हो । यसअघि उहाँका ‘सप्तकोशी’ र ‘घाइते आकाश’ कवितासंग्रह तथा ‘नबिर्सिएका सम्झनाहरू’ प्रकाशित छन् ।

तपाईको प्रतिक्रिया