पछिल्लो समय नेपाली सागीतिक आकाशमा निकै चम्किरहेकी गायिका रानी शाक्य र गायक तथा संगीतकार चन्द्र सिंह घलेको स्वरमा रहेको गीत ‘लाहुरे’ सार्वजनिक भएको छ । चन्द्र सिंह घलेको शब्द, संगीत रहेको ‘लाहुरे’मा गौरभ पहारी र लक्ष्मी बर्देवाको हृदयस्पर्सी अभिनय रहेको छ । मनमा धेरै रहर मारेर विदेश गएका युवाहरुको कथालाइ ‘लाहुरे’को भिडियोमा समेटिएको छ ।
एसियन म्युजिकले निर्माण गरेको भिडियोलाइ काश्यप निशानले निर्देशन गरेका हुन । उत्सव दाहालको सिनेमाटोग्राफी र भावना थापा सह निर्देशन रहेको भिडियोलाई एसियन म्युजिकको युट्युब च्यानलबाट शुक्रबार सार्वजनिक गरिएको हो ।

 

तपाईको प्रतिक्रिया