- अजित धिताल

काठमाडौँ, यो नेपालको कहिल्यै चलमल नहटेको सहर । यस सहरको पनि रत्नपार्क क्षेत्र, जुन क्षेत्र नेपाल बन्द हुँदा पनि चुप बस्दैन । त्यहीँको अकासे पुलमा छु म । बिनाकारण घुम्न निस्किएको । घुम्न निस्किएको भनौँ कि धुलो खान । अकासे पुलबाट मेरो आँखा डुल्दै गर्दा एक्कासि वसन्तले गर्दा फुलेका फूलहरूले सजिएको पर्कमा पुग्यो । त्यतै जाऊँजाऊँ लाग्यो । पाइला त्यतै चल्यो ।

स्वागत गर्न आतुर गेटबाट भित्र छिर्नेबित्तिकै बास्नाको लोभ नगरी बास्ना छरिरहेका फूलहरूले मलाई स्वागत गरे । यो कचिङ्गल सहरमा धेरैपछि मन खुसी भएको जस्तो लाग्यो । एउटा बेन्चले आसन ग्रहण गरायो । अलि पर एक जोडी प्रेममा मस्त थिए । यताउति हेरेँ, घरबाट आमाबाबालाई थाहा नदिइकन लेराएको माल मैले चुरोटमा भरेको थिएँ । जसले पनि भन्थ्यो, यो माल कडा रहेछ भनेर तर मलाई त्यस्तो लाग्दैनथ्यो। शिवजी सम्झँदै सल्काएँ । धुँवा आफैँ बुत्तिन लाग्यो । सायद त्यहाँ नो स्मोकिङ् लेखेको थियो होला । मैले त्यति वास्ता गरिनँ र हेर्न थालेँ तिनको प्रेम, जुन जोडी अलि पर प्रेमको बास्ना छर्दै थियो ।

हेल्लो ! कसैले मलाई बोलायो । मनलाई लग्यो चुरोट सकिसक्यो, बोलाउनेतिर फर्किएँ उनी पो रहिछन्, मेरी प्रेमिका । कति राम्री लागिन् आज उनी मलाई । कालो कपाल आफ्नै सुरमा फर्फराइरहेको थियो, गुलाफी ओठ जुन दागविहीन थियो, पुक्क परेका गाला, कानमा झुम्काको सजावट र आफैँमा सुन्दरी उनी । उनको रूपले जो कोहीलाई पनि मोहित पार्थ्यो तर म मोहित परेको होइन, उनी नै मदेखि मोहित भएकी हुन् । उनको शरीर ट्याक्कै भन्नु पर्दा जिरो फिगरको थियो तर मैले नाप्न बाँकी थियो । सेतो कुर्ता र जिन्स पाइन्ट उनलाई धेरै नै सुहाउँथ्यो । त्यसैले उनी सधैँ त्यही लगाउँथिन्।

हाइ ! मैले उनको हेल्लो फर्काएँ । म बसौँ पनि नभनी उनी मेरो नजिकै आएर बसिन् । अब त पारिको जोडीको मात्र होइन, यताउति हिँड्ने मान्छेको समेत ख्याल हुन छोड्यो । उनले मेरा हात समातिन् र मैले उनको । हामीबीच प्रेमिल कुराको सुरुवात भयो ।

गफ गर्दागर्दै पानी पर्न सुरु हुँदै थियो । उनी मेरो काखमा थिइन् । म उनको अनुहार हेर्दै थिएँ ।

मैले सोधेँ, “पानी पर्न लाग्यो घर जाने होइन मेरी प्यारी?”

“अहँ नजाने, आज यतै बस्ने,” उनले उत्तर दिइन्।

“किन बाबा ममीले घरमा हुनुहुन्न ?”

“हुनुहुन्छ ।”

“गाली खान मन छ कि के हो ?”

“आज यतै साथीकोमा बस्ने भनेर आको।”

“साथी कहाँ बस्छे र?”

“अहिले म उसैको काखमा छु, हेरौँ कता बासाउने रहेछ।”

एक्छिन त म ट्वाँ परे।

“अब जाऊँ पानी पर्न लाग्यो,” मैले भनेँ ।

“मलाई आज पानीमा रुझ्न मन छ”, उनले भनिन् ।

हामी उठेर गेटनजिकै के पुगेका थियौँ पानी नमज्जाले दर्कियो । उनी पानीमा रुझ्न लागिन्, म उनैलाई साथ दिन लागेँ।

पानीमा मजैले भिजेपछि मैले उनलाई कोठा जाऊँ भनेँ । अरू दिन अनेकन् कुरा गर्ने उनी आज सहजै राजी भइन् । अकासे पुल तरेर पार्किङमा आएर उनलाई बाइकमा राखेर म कोठातिर हुइँकिएँ।

पानीले भिजेकाले उनको भित्री वस्त्र हल्का देखिएको थियो । उनी मेरो पछाडि भए पनि म उनलाई बरम्बार ऐनाबाट हेरिरहेको थिएँ ।

उनको ओठ चलमल थियो, शरीर हल्का काँपेको जस्तो । सायद मलाई च्याप्प समातेको कारणले होला, उनको कम्पन मलाई सहजै थाहा भयो।

म एक्लै कोठामा बस्ने भएकाले मेरो कोठामा लेडिज कपडा थिएन । त्यसैले कोठा भन्दा केही आगाडि मैले उनका लागि कपडा किनेँ । उनलाई बाइकमै राखेर गएको हुनाले त्यस्तो राम्रो कपडा त किन्न सकिनँ । त्यही पनि किनेँ एउटा टिसर्ट र सुरुवाल । कस्तो जोडी नमिलेको कपडा किनेको भन्छिन् कि जस्तो लागेको थियो । केही भनिनन् उनले पनि ।

कोठामा पुगेपछि उनी नुहाएर कपडा फेर्न व्यस्त भइन् । मैले चाउचाउको तातो सुप बनाएँ । दुवैले एउटै कचौरामा खायौँ ।

प्रेमीप्रेमिका एकान्तमा भेट भएको त कामकुरा सुरु भै गयो।

मैले खाना बनाएँ, उनी खाटमा सुतिन्, खाना दुवैले सँगै खायौँ । म सुतेँ, उनैले भाडा मझिन् । काम बराबर जस्तै भयो । हामी त एक विवाहित जोडीजस्तै भयौँ । मैले उनलाई खाटमा सुत्न भनेँ । उनी खटमा सुतिन् । म तल पल्टिएँ ।

“तिमी नि माथि नै सुत न, मलाई कस्तो जाडो भयो,” उनले भनिन् ।

म मन नै नलागेको जसरी खटमा पल्टिएँ । अब काम पुगिहाल्यो मलाई ।

उनले मलाई बिस्तारै अँगालोमा बाँधिन् । उनको नाक र मेरो नाक जुध्दै गर्दा ओठले मिठो चुम्बन गर्‍यो । उनका हात बिस्तारै ढाडबाट तलतिर लागे । मेरा हात त झन् पहिल्यै तल लागिसकेको रहेछन् । मैले उनको पाउदेखि शिरसम्म ठाउँठाउँमा चुम्बन बर्साएँ । म जति चुम्बन बर्साउँथेँ । उनी त्यति नै लाज मान्दै आफ्नो अतृप्तिलाई घटाउँथिन् । अब त कहिले उनी माथि हुन लगिन्, त कहिले म । पहिला पहिला दुखेको महसुस हुने अङ्ग अहिले दुख्न छोडेजस्तो भयो । उनी मेरो माथि बसेर तल माथि गर्दै गर्दा मेरा हात उनको स्तन छुदै तल झरे ढाडको अलि तल । चिटचिट पसिना आउँदै थियो त्यहाँ । अमृतको सागर फुट्न लगेको थियो जस्तो लाग्छ मलाई । यस्तो तातो वातावरणमा पनि त्यहाँ भने शीतलता थियो ।

उनी मैमाथि उफ्रिरहेकी थिइन् । केही क्षणमै उनको तृप्तिले अवकास पायो भने मेरो तृप्तताले जिउ नै सिरिङ्ग गरायो । म मेरो उन्मत्तताबाट बिस्तारै शिथिल हुँदै गएँ ।

सायद तृप्तिको अवकाशले होला । उनले मेरो छातीलाई सिरानी बनाउँदै तृप्त आँखा बन्द गरिन् । म उनैलाई अँगाल्दै निदाएँ ।

भोलिपल्ट बिहानै उनले मलाई स्वयम्भू घुम्न जानी भनी उठाइन् ।

उनको अनुहार तृप्तिले चम्किएको थियो । मेरो झन् नचम्किने कुरै भएन । कोठा बन्द गरेर बहिर निस्किएँ गेटमा के पुगेको थिए पानी पर्न लाग्दै थियो । उनी मभन्दा अगाडि नै गएर बाइकमा बसेकी थिइन् । अलि पर एउटा सानो भाइ आफ्नी आमालाई रुँदै भन्दै थियो, मम्मी घर जाऊँ न अब नत्र पानीमा भिजेर बाबु बिरामी हुन्छ । उसको रुवाइ बढ्दै गयो बढ्दै गयो।

म झस्किएँ, अलि पर त्यस्तै गरी एउटा बाबु आफ्नी आमालाई रुँदै भन्दै थियो, “मम्मी घर जाऊँ न अब नत्र पानीमा भिजेर बाबु बिरामी हुन्छ ।” अघिका जोडी उठेर टिकटक बनाउँदै थिए । म भने बेन्चमा एक्लै थिएँ । उनको रूप त मैले बिर्सिनँ तर नाम बिर्सेँ । अर्को एक सर्कोले नाम पनि पत्ता लगाई छोड्यो- युनिसा । बल्ल मलाई लाग्न लाग्यो मालको पावर कडा हुन्छ भनेर ।

तपाईको प्रतिक्रिया