नयाँ बर्ष २०७८ सालको सुखद उपलक्ष्यमा रोज शिप बिकाश तालिम केन्द्र रविभवनको तर्फ बाट स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुमा नयाँ उत्साह र उमंग सहित सुख, शान्ति, समृद्धि एंव उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

नयाँ वर्षको आगमनसँगै मुलुक शान्ति, स्थिरता, सुशासनका साथै समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय लक्ष्य हासिल गर्ने नयाँ सोच, शैली र स्पष्ट गन्तव्य सहित अगाडि बढ्न सकोस भन्ने कामना गर्दछु । बिगत लामो समय देखि हामि कोरोना(कोभिड-१९) को महामारीमा फसिरहेको छौ साथै देशमा राजनीति अस्थिरता भोगी रहेका छौ। त्यसैले यसै नयाँ बर्ष देखि सम्पूर्ण समस्याको निकास होस् र चाडैनै हामीले सुख शान्ति र सम्बृदीको आभाष गर्न पाउँ भन्दै अन्त्यमा, नयाँ आशा, उमंग र उत्साह सहित नयाँ वर्ष २०७८ ले हरेक नेपालीको घर आँगनमा सुख सम्बृदी र खुसियाली छावस। रोज शिप बिकाश तालिम केन्द्र रविभवनका सम्पूर्ण कर्मचारी, बिद्यार्थीहरु, ग्राहकबर्ग तथा शुभचिन्तकहरुमा फेरी पनि नयाँ बर्ष २०७८ को उपलक्ष्यमा सुस्वाथ्य, दिर्घायु एबम उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्न चाहन्छु। बरिष्ट सौन्दर्यबिद सोनी कारंजित, अध्यक्ष- रोज शिप बिकाश तालिम केन्द्र रविभवन काठमाडौँ

तपाईको प्रतिक्रिया