ईटहरी । केशव रिमालद्वारा लिखित ‘नौटङ्की माया’ कथा सङ्ग्रह कृतिको लोकार्पण गरिएको छ । ईटहरीमा एक कार्यक्रमका बिच प्रदेश नम्बर १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले सो कथा संग्रहको लोकार्पण गरेका हुन् । विभिन्न ९ वटा कथा समावेश भएको कथा संग्रहका मौलिकतामा आधारित कथा समावेश भएको रिमालले बताए ।

डियर कल्याण साहित्य प्रतिष्ठान इटहरीले प्रकाशन गरी बजारमा ल्याएको कथाकार रिमालको पहिलो कथा संग्रह हो । कथा संग्रहको लोकार्पण गर्दै प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले साहित्य मानव जीवनको सबैभन्दा सुन्दर पक्ष भएको बताए । साहित्य देश, समाज, धर्म, परम्परा, रितिरिवाज, मनोविज्ञानसँग जोडिने भएकाले यस किसिमका साहित्यिक कृतिले समाज परिवर्तनतर्फ मुखरित हुनुपर्ने बताए ।

कथा संग्रहमा सामाजिक, राजनीतिक र माया प्रेमका विषयलाई कथाकारले विषयवस्तु बनाई प्रस्तुत गरेका छन् । डियर कल्याण साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्ष बिनोद विवश घिमिरेको अध्यक्षतामा भएको लोकार्पण कार्यक्रममा प्रदेशसभा सदस्य सर्वध्वज साँवा, आरसी थपलिया, हिमराज अधिकारी, यर्जुवेदानन्दप्रसाद भट्टराईलगायतले पुस्तकको चर्चा गरेका थिए ।

तपाईको प्रतिक्रिया